Websoft University

बिद्यार्थी हितका लागि आफु जलेर उज्यालो दिइरहने मोमवत्ती बन्न चाहन्छु


बिराटनगर | (अन्तवार्ता आशिका लम्साल)बिद्यार्थी हितका लागि  आफु जलेर उज्यालो दिइरहने मोमवत्ती बन्न चाहन्छु - आशिका लम्साल ( सचिव पदकी उम्मेदवार , ममबो क्याम्पस , विराटनगर

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन । आशिकाजुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन । कक्षा ११देखी नै पत्रकारिता पढेर स्नाताक उत्तिर्ण आशिका आर्थिक अवस्था कमजोर भएपनि सक्रृय पत्रकारिता छाडेर बिद्यार्थीका लागि नेतृत्ब गर्न अग्रसर भएकी छन । निम्न मध्यमबर्गीय परिवारमा जन्मिएकी आशिका कक्षा १ देखी नै सामुदायिक बिद्यालयमा पढेर उच्च शिक्षा सम्म आइपुगेकी हुन । हाल ५चैतमा सम्पन्न हुने स्ववियु निर्वाचनमा उनी सचिव पदको उम्मेदवार छिन । आफनो लगनशिलता , प्रस्ट वाकपटुता अनि  निडर र अध्यनशिल स्वभावले गर्दा उनी  सर्वत्र चर्चामा छिन । प्रस्तुत छ सचिव पदकी उम्मेदवार आशिकासँगको कुराकानी ........

पत्रकारितामा स्नताक गरेर सक्रृय पत्रकारिता गर्नुपर्ने तँपाई एकाएक नेता बन्ने यात्रामा किन लाग्नु भएको ?

हो,मैले कक्षा ११ देखी नै पत्रकारिता पढे र गरें पनि । प्रदेशका मात्र नभएर काठमाण्डौका मिडियाहरुमा पनि मेरा समाचार फिचर छापिए । मैले पत्रकारितामा पढाई पुरा गर्ने मात्र हैन नेपाल प्रेस ईन्र्यस्टिच्युट , पत्रकार महासंघ , खोजपत्रकारिता केन्द्रबाट पनि विभिन्न तालिमहरु लिएँ । पत्रकारितामै मास्टर्स गर्ने धोको पनि थियो । तर कोसी प्रदेशमा पत्रकारितामा डिग्री पढाउने कलेज नै थिएन । हाम्रो क्षमताले काठमाण्डौ जाने समथ्र्य पनि थिएन । यसैले मैले पढदै गरेको महेन्द्र मोरङ क्याम्पसमै युटर्न गरेर एमपिए ज्वाँईन गरे । म सुरुदेखी नै बिद्यार्थी हकहितमा केही गर्नुपर्छ भन्ने पक्षमा थिएँ । स्ववियु निर्वाचन घोषणा भएपछि मैले पनि बिद्यार्थी हकहितमा केही गर्ने अवसर सदुपयोग गर्नुपर्छ भनेर सचिवमा उम्मेदवारी दिएको हुँ । म नेता हैन बिद्यार्थीको सेवक बन्न चाहन्छु । र , व्यवहारबाट प्रमाणित पनि गरेर देखाउने छु । नेता बन्ने यात्रामा हिडिरहनुपर्छ भन्ने पुरानो सोच मेरो फिटिक्कै छैन ।  

तँपाईको नेतृत्वमा आउने पुर्व पृष्ठिभुमि खुलाइदिनुहुन्छ ?

म बिद्यालय तहदेखी नै स्काउटमा सक्रृय थिएँ । स्काउटका हरेक गतिबिधिमा म सधै दत्तचित्त भएर लाग्थे र अहिले पनि लागिरेको छु  । देशबिदेशका कार्यक्रमहरुमा सहभागीता जनाए । हाल म स्काउटको प्रशिक्षक पनि भैसकेको छु । यसैले मेरो आत्मबल सधै उच्च हुनेगर्छ । म जिम्मा लिएको काम जसरी पनि पुरा गरेरै छाडछु । क्याम्पसमा पढन आएपछि यहाँको बेथिती देखर म चुपलागेर बस्न सकिन । यसैले आफनो बर्गीय पक्षधरता अनुसार म अनेरास्ववियु अखिल क्रान्तिकारीमा आवद्ध भएँ । संगठन गर्न सक्रृय भएँ । जसले मलाई बिद्यार्र्थी हकहितमा लाग्न थप उर्जा दियो । र , मैले स्ववियुको नेतृत्वका लागि  पनि योग्य ठाने । र मलाई संगठनले पनि अवसर प्रदान गरयो ।

तँपाईले अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिनुभएको छ । तर नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु एस , जनतमत पार्टी सबैले सचिव पदमा उम्मेदवारी दिएका छन  । यस्तो कडा प्रतिस्पर्धामा तँपाई कसरी बिजयी हुनुह्न्छ , आधार के छ ?

बिद्यार्थीहरुको हकहितमा निरन्तर , निस्वार्थ , दत्तचित्त भएर लागिपर्नु मै मेरो जितको मुल आधार हो । अर्कोतिर मेरो सबैसँग समन्वय गरेर चल्ने स्वभाव भएकोले मलाई सबैले मनपराउनुहुन्छ । मलाई मात्र हैन हाम्रो टिम कुरामा हैन काममा विश्वास गर्छ । यसैले अरु प्रतिस्पर्धीहरुसँग मेरो र हाम्रो टिमको तुलना हुन सक्दैन । अर्को मैले सबैलाई समन्वय गरेर अगाडी बढेको र छात्राहरुको  साझा समस्यालाई मुख्य एजेण्डा बनाएको छु ।खस आर्यहरु मात्र नभएर  मधेशी , आदिबासी जनजाति, दलित र सिमान्तकृत बिद्यार्थीहरुको समस्यालाई नजिकबाट देखेकी भोगेकी छु । यसैले म भुक्त्तभोगी भएकोले पनि सबैको नजरमा छु ।  यसबाहेक हाम्रो संगठनले तय गरेका प्रतिबद्धताहरु पनि जितका मुख्य आधार हुन ।

तँपाईको संगठन अखिल क्रान्तिकारी र जनता समाजबादी बिद्यार्थीको एकता भएको छ । यो एकता कत्तिको बलियो छ ? अन्य मधेशी बिद्यार्थी संगठन पनि प्रतिस्पर्धामा छन नि ?

हाल सबैभन्दा बलियो एकता नै हाम्रो हो । हामी प्रतिबद्ध छौ । हाम्रो संगठनका अध्यक्ष , म अनिअन्य पदाधिकारी र सदस्यहरुसबैजुझारु छौ । कहिल्यै बिबादमा आएका छैनो । सधै बिद्यार्थी हकहितमै दत्तचित्त भएर लागिपरेका छौ । पारदर्शीता हाम्रो मुलमन्त्र हो । यसैले अन्य संगठनहरुसँग हाम्रो तुलनै हुनसक्दैन । अव चुनावमा प्रतिस्पर्धा गर्न आउनु त सबैको लोकतान्त्रिक अधिकार हो नि ।

तँपाईले महिला भएर उप र कोषाध्क्षमा बस्न नमानेर सचिव नै चाहिन्छ भनेर हठ गरेर टिकट लिनुभएको अरे किन ? चुपचाप जित सुनिश्चित हुने पदमा उम्मेदवारी दिएको भए हुनेथिएन , यत्रो चुनौती किन मोल्नु भएको ?

हो,अहिलेसम्म संघ सँस्था , पार्टीहरु मात्र नभएर संगठनहरुमा पनि महिलालाई कि उपाध्यक्ष कि कोषाध्यक्ष वा सहसचिव वा सदस्यमा मात्र  थन्काउने चलन छ । लामो संघर्षले प्राप्त भएकोत्योउपलब्धि कम त हैन । तर महिलाहरु अर्काको सहारा र निर्देशन पालना गर्ने मात्र हेन आफै पनि कार्यकारी पद सम्हाल्न सक्नछन भन्ने म पनि देखाउन चाहन्छु । र त्यो चुनौती मोलेर अवसर प्राप्त भएपछि मात्र प्रमाणित गर्न सकिन्छ । यसैले मैले कार्यकारी पद नपाए बरु संगठननै चालाएर बस्छु भनेर आफनो दाबी गरेको हुँ । र मलाई संगठनले बिवद्यवास गरेर चुनौतीमा उत्रने अवसर पनि दिएकोमा  धन्यबाद दिन चाहन्छु ।

तँपाईको प्रेरणाको स्रोत के हो ?

मेरो प्रेरणाको स्रोत मेरा बाबा र मम्मी अनि मेरा अग्रज गुरु र आर्दश नेताहरु हुन । जसलाई नजिकबाट भोगेर , पढेर , बुझेर अनि सुनेर मैले आफनो बर्गीय विचारलाई प्रस्ट बनाउन सके । पढाईसँगै सगठनमा आवद्ध भएर आफनो नेतृत्वमा निखार ल्याउने अवसर पाएँ । र, बिद्यालयदेखी नै स्काउट र संगठनमा आवद्ध भएर बिद्यार्थी हकहितमा लागिपर्न पाएँ ।

चुनावमा पराजित हुनुभयो भने ?

असंभव भन्ने कुरा मुर्खहरुको डायरीमा मात्र हुन्छ । यसैले म अकल्पनिय कुरामा बिश्वास नै गर्दिन र कल्पना पनि गर्दिन । किनकी मेरो र हाम्रो संगठनको जित सतप्रतिशत सुनिश्चित छ । हाम्रो जित नै परिवर्तनकारी बिद्यार्थीहरुको जित हो । महिला ,मधेशी , दलित ,आदिवासी जनजाति र अन्य सिमान्तकृत बिद्यार्थीहरुको जित हो ।  

हैन परिणाम सुखद आएन भने चाँही के गर्नुहुन्छ भनेको  ?

हार मान्नेहरुले कहिल्यै जित्न सक्दैनन । यसैले म हार्न नै चाहन्न । र आजसम्म हारेको पनि छैन । यसैले परिणाम दुखद हैन सुखद नै आउँछ ।  म त बिद्यार्थीहरुका लागि आफु जलेर भएपनि उज्यालो दिइरहने मोमवत्ती बन्न चाहन्छु । मँ अध्यारोलाई कहिल्यै सराप्दिन बरु अँध्यारोमा एउटा सलाईको काँटी भएपनि बालेर सहयोग गर्न चाहन्छु ।यदी परिणाम सुखद आएन भने पनि म सधै बिद्यार्थीहरुकैहकहितमा दत्तचित्तभएर लागिरहन्छु । मेरा चार मान्यता छन । क विचलित हुन्न । कसैलाई विर्सदिनन । विरोध गर्न अग्रसर भइरहन्छु र कामको जति बोझ भएपनि थाक्दिन ।

तँपाई सात बर्षसम्म पत्रकारिता पढेको बिद्यार्थी , सक्रृय पेशामा जाुनभएको भए कमाई पनि राम्रो हुन्थ्यो घरपरिवारलाई पनि आर्थिक राहत हुनेथियो होला , तँपाई बिद्यार्थी राजनीतिमा लागेपछि परिवारलाई कष्ट त दिइरहनुभएको छैन ?

हो , हाम्रो आर्थिक अवस्था कमजोर छ । अझै भाडाको घरमा बस्छौ । बाबा निष्ठाको पत्रकारिता गर्नुहुन्छ । विराटनगरको सेरोफेरा जम्मै मेरो भनेजस्तै हामी सबैतिर भाडामा बसिसकेका छौ । मलाई बाबा मम्मीले दुखले पढाउनुभयो । आस पनि छोरीले पत्रकारितामा स्नाताकसकेपछि सक्रृय पेशा गरेर पत्रकारितामै मास्टर्स गरेर कुनै राम्रो जागिर खाएर भविश्य बनावोस भन्ने हुन्छ नै । तर हाम्रो परिवार अलि परक छ । बाबाले नै हो मलाई बिद्यार्थी संगठनमा आवद्ध भएर बर्गिय विचारसँग परिचित गराएको । उहाँले हामी सानो छँदादेखी नै बिभिन्न दर्शन र प्रेरणायुक्त्त पुस्तकहरु ल्याएर पढन दिनुहुन्थ्यो । अनि जबसम्म राजनीति बुझिदैन तबसम्म समाजलाई नजिकबाट बुझन पनि सकिदैन भनेर भन्नुहुन्थ्यो । उहाँकै प्रेरणाले पनि हो म बिद्यार्थी हकहितमा लागिपरेको ।

अन्यमा बिद्यार्थी संगठनहरु दलका झोले भए अनि नेताहरु चन्दा उठाउने विचलौलिया मात्र भएर ैशैषिक उन्नयनमा लाग्न सकेनन भन्ने आरोप नि छ नि तँपाईलाई कस्तो लाग्छ ?

मैले चार बर्ष भयो महेन्द्र मोरङमासंगठनमाआवद्धभएर काम गर्न थालेको । सुरुमा मलाई बुझन सिक्न समय लाग्यो । पछि म संगठनका अग्रज दाईहरुको सहयोगले सक्रृय हुन थाले । हो , बिद्यार्थी संगठन र नेताहरुमाथि लागेको आरोप गलत पनि हैन होला । तर सबैमा यो लागु हुदैन । बिद्यार्थीहरुका लागि मरिमेटेर लाग्ने अग्रज दाइहरु पनि हुनुहुन्छ हाम्रोमा । तर मेरो पनि भनाई के हो भने हामीले पहिले बिद्यार्थीको हकहित र शैक्षिक उन्नयनमा चासो दिनुपर्छ । हामी कसैकालागि आन्दोलन गरिदिने वा चन्दा उठाइदिने गुटका कार्यकर्ता मात्र बन्नुहुदैन ।  

शुसासनका लागि पत्रकार बन्छु भनेर पढन थाल्नु भएको राजनीतिको रसमा फस्नु भएछ । भविश्यमा तँपाई पनि अब अरु जस्तै भ्रष्ट र बिबादित सांसद र मन्त्री त हुने होला नि हैन ?

सायद अझै सम्म राजनीतिले पुरानै लय समातिरहेकोले पनि होला , लक्ष्य पनि पुरानै बनाएको ।  यसैले पनि सायद सबैको अन्तिम चाहना सत्तामा जाने नै हुन्छ पनि होला । तर मेरो सोच चाँही फरक छ । म नेता , सांसद र मन्त्री हुन हैन म बिद्यार्थी हकहितका लागि स्ववियुको सचिव पदको उम्मेदवार बनेकी हुँ । मेले  समाजलाई नजिकबाट बुझन राजनीति सिक्न खोजेकी हुँ । राजनीति बुझनु भनेको नेता , सांसद र मन्त्री हुनुमात्र हैन । म समाजमा रहेक नागरिकले राजनीतिमाचासो दिनुपर्छभन्ने मान्यता राख्छु । र, सबैले राजनीति बुझे पनि राजनीति आफै सही ट्रयाकमा आउँछ भन्ने मेरो बुझाई छ । अर्को म  जनप्रशासनमा मास्टर्सं गर्दैछु । र अहिलेसम्म मेलै ‘व्याक’ लगाएर पढनु परेको छैन । आशा छ म मास्टर्स पनि नियमित उत्तिर्ण गर्नेछु । र अहिले मैले बिद्यार्थीमा सिकेको राजनीतिले भोलि म जनसेवक, समाजसेवक  वा राष्ट्रसेवक जे भएपनि मलाई समाज बुझन सहयोग गर्नेछ । यसैले म पुरानो सोचलाई पछयाउन चाहन्न ।

अन्त्यमा तँपाईका बिद्यार्थी मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ ?

विश्वविद्यालयमा पढने हामी बिद्यार्थीहरुमा आलोचनात्मक चेत आइसकेको हुन्छ । यसैले हाम्रो हक हितका लागि को उम्मेदवार र सगठन ठिक र को बेठिक भन्ने हामीले विश्लेषण गरेर छुटाएर मात्रैमतदानगर्नुर्छ । हामी चेत भएका युवा शक्त्ति हौ कसैको दास होइनौ । हामीले नै हो समाजमा परिवर्तन ल्याएको र अव अझै ल्याउने । यसैले हाम्रा प्यारा साथीहरुलाई म यति मात्र भन्न चाहन्छु  ‘ विना मेघ गर्जन भारी बर्षा हुदैन । विना खनजोत र मलजल विना वाली सप्रदैन । र असल नेतृत्व विना परिवर्तन पनि हुदैन । यो ईतिहासमा न कहिल्यै भयो न कहिल्यै हुन्छ । ’ यसैले प्रिय साथीहरु परिर्वनलाई रोज्नुहोस ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.