Websoft University

मोरङ प्रहरीले जिल्लामा सन्तोषजनक काम गरेको प्रतिवेदन आज सार्वजानिक गरेकोछ


बिराटनगर असार ६ गते । रातो तारा डट कम,समग्र जिल्लामा शान्ति व्यवस्था अमन चयन कायम राख्न जिल्लाभरी दरबन्दी भएका ६४ र नभएका ३० गरी ९४ यूनिटमा १४२६ बढि प्रहरी जनशक्तिको व्यवस्थापन, अनुगमन, प्रभावकारी परिचालन र कार्य सम्पादन मूल्याङ्कन ।

बिशेष सुरक्षा व्यवस्था – विशाल जनसहभागिता रहेका धार्मिक समारोहहरु १० राधाकृष्ण रथयात्रा २० दशैं ३० दिपावली ४० छठपर्व ५० मोहरम पर्व को सफल सुरक्षा व्यवस्था – जम्मा ४१४४ प्रहरी परिचालन ।

प्रदेश राजधानी रहेको बिराटनगरमा रहेका बिशिष्ठ व्यक्तिहरु र ९ स्थानमा रहेका बिशिष्ठ कार्यालय तथा निवासस्थानहरु, कारागार, बाल सुधार गृहको नियमित र सफल सुरक्षा व्यवस्था, यस जिल्ला आउनु भएका २०५ जना संघीय बिशिष्ठ व्यक्तिहरुको मार्ग, समारोह स्थल र निवासस्थानको सुरक्षा – बिशिष्ठ व्यक्तिको सुरक्षामा नियमित बाहेक ६३६५ प्रहरी परिचालन ।

२०७६र८र१४ मा भएको स्थानीय निकायको उप निर्वाचन र २०७६र१०र९ मा भएको प्रदेश राष्ट्रिय सभाको निर्वाचनमा सफल सुरक्षा व्यवस्था ।

फैसला कार्यान्वयनरफरार अपराधी पक्राउ स् सम्मानित अदालतबाट कैदरजरिवानाको सजायको फैसला भई फरार रहेका व्यक्तिहरु प्रकाउ गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालयले पहिलो स्थान कायम गरेको
छ । प्रस्तुत आर्थिक बर्षको हालसम्मको अवधिमा देश भरीमा जम्मा२०२३ जना पक्राउ गरिएकोमा जि।प्र।का। मोरङले मात्र ४४९ जना पक्राउ गरी अदालतमा दाखिला गरेको छ । 

देशभरीका ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा यो संख्या २२।१९५ हो भने यस आ।व।मा १ नं। प्रदेशका १४ जिल्लाको जम्मा पक्राउ संख्या ९२८ को तुलनामा यो संख्या ४८।३५ रहेको छ । सम्मानित अदालतबाट मिति २०७६र०८र०४ गते फरार अपराधीहरुको अद्यावधिक सूची प्राप्त भए पछि लकडाउन अघिसम्मको ४ महिनामा ४४९ जना पक्राउ गरी ११२ बर्ष २ महिना १६ दिन कैद र ४१,७८,९९६र९ रुपैया जरिवाना असूल गरियो । जिप्रका मोरङको गत आर्थिक बर्षको तुलनामा यो पक्राउ संख्या ३८।३९५ ले बढि रहेको ।

स्वीप अपरेशन – चोरी, तस्करी, गुण्डागर्दी नियन्त्रणका लागि बिशेष अभियानको रुपमा सञ्चालन गरिएको २४ घण्टे स्वीप अपरेशन अन्तरगत ३२८८ जनालाई नियन्त्रणमा लिई स्क्रिनिङ
गरिएको ।

घरेलु मदिरा नियन्त्रण – यस अवधिमा २०,३९५ लि। घरेलुमदिरा घरेलु मदिरा बनाउन प्रयोग गरिने  कच्चा पदार्थ १४,१५० लि, र नक्कली रक्सी ५३० बोतल बरामद गरिएको । यसबाट रु ४,६७,४००र९ जरिवाना राजश्व संकलन भएको ।

प्रतिबन्धित विप्लव समूह बिरुद्धको कारवाही – कथित मेची९कोशी व्यूरो संयोजक २, मेची९कोशी व्यूरो सचिव १, जिल्ला जनपरिषद् प्रमुख १, जिल्ला इञ्चार्ज १, जिल्ला सेक्रेटरी ३, जिल्ला कमिटी सदस्य ५, नगर सदस्य १ समेत गरी २१ जनालाई पक्राउ गरी मुद्दा चलाईएको । प्रस्तुत कार्यकालमा यस जिल्लामा सक्रिय हुन खोजेका सबै कार्यकर्ताहरुलाई संगठित हुन नदिई पक्राउ गरिएको, अशान्ति,
चन्दा आतंक, डर त्रास धम्कीबाट नागरिकलाई सुरक्षित राखी
शान्ति व्यवस्था कायम गरिएको ।

अवैध हातहतियार तथा खरखजाना–अटोम्याटिक पेस्तोल ५ थान, कटुवा पेस्तोल ५ थान, भरुवा बन्दुक ८ थान, म्यागजिन ६ थान, गोली २६ राउण्ड, निकोजेल जिलेटिन ४३ थान बारुद, छर्रा, वायर, क्याप बरामद गरिएको ।

समूदाय प्रहरी साझेदारी कार्यक्रम – कार्यकालमा बिद्यालय सम्पर्क कार्यक्रम १५७, समुदायसंग चिया १०३, प्रहरीसंग एक दिन १७, सचेतनामूलक अन्तरक्रिया १४०, सामुदायिक सरसफाई ३८, प्रचार प्रसार तथा पर्चा बितरण ४८, बृक्षारोपण ३, स्वास्थ शिविर तथा रक्तदान ८, राहत बितरण ४र्, याली ७, सडक नाटक २, मासिक बैठक ८१, नागरिक सुनुवाई ६, घरदैलो कार्यक्रम ४३१ समेत गरी १३५४ वटा कार्यक्रमहरु गरिएको जसमा ४०५२६ जना सहभागी भएको ।

लागू औषध बिरुद्धको अभियान(Campaign Against n\arcotics) – मोरङ जिल्लामा सामाजिक बिकृतीहरुमा प्रमुख समस्याको रुपमा रहेको लागु औषधको सेवनलाई नियन्त्रण एवम् निरुत्साहित गर्न नमूना कार्यक्रमको सञ्चालन गरिएको यो कार्यक्रम अन्तरगर प्रस्तुत कार्यकालमा ३०९ वटा कार्यक्रमहरु सञ्चालन गरी ५८३१ जना सेवनकर्ताहरुलाई काउन्सेलिङ गरिएको ।

यस कार्यकालमा लागू औषध बिरुद्धको अभियानमा मोरङ प्रहरीले गरेको पहलकदमी, प्रयास, भूमिका र उपलब्धीहरुको उच्च मूल्याङ्कन गर्दै शान्ती युवा समूह बेलबारीले २०७६र९र२५ गते
सम्मान पत्र प्रदान गरेको ।

लागू औषध बिरुद्धको अभियानमा मोरङ प्रहरीले खेलेको भूमिकाकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्दै १ नं। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ कार्यालयबाट ३१औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर १ डिसेम्बर २०१९ मा जिप्रका मोरङलाई कदर,पत्र प्रदान गरिएको ।

अन्तर जिल्ला कार्यदक्षता मूल्याङ्कन २०७६ को क्रममा २०७६र०३र२५ गते गरिएको अनुगमन तथा मुल्याङ्कनमा देशभरीका जिल्ला प्रहरी कार्यालयहरु मध्ये जिल्ला प्रहरी कार्यालय मोरङ सम्पादित उत्कृष्ट काम, कारवाहीहरुद्वारा सर्वोकृष्ट जिल्ला घोषित भई प्रहरी दिवस २०७६ को अवसरमा पुरष्कृत भएको ।

संयुक्त राष्ट्रसंघ बाल अधिकार सम्बन्धी महासन्धीको ३०औं बार्षिकोत्सव एवम् सिविन नेपालको ३२औं बार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले अन्य सरकारी निकायहरु तथा सामालजिक संघ संस्थाहरुसंग समन्वय गरी जोखिममा परेका बालबालिकाहरुको उद्दार, राहत, संरक्षण, कानुनी उपचार, हराएका बालबालिकाको खोजी तथा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको पारिवारिक पुनःएकिकरण, न्याय निरुपण, जनचेतना अभिमुखिकरण लगायत जिल्ला प्रहरी कार्यालय मोरङ र सिवन९नेपालद्वारा मोरङमा सञ्चालित बाल हेल्पलाईन नेपाल १०९८ संगको निरन्तर समन्वय र सहकार्यको उच्च मूल्याङ्कन एवम् प्रशंसा गर्दै सिविन९नेपालले २५ नोभेम्बर २०१९ मा कदर९पत्र प्रदान गरेको ।

राजश्व – प्रस्तुत अवधिमा जिल्ला प्रहरी कार्यालयले रु ५,४४,२६,९९६र९ बराबरको राजश्वरजरिवाना असूली गरेको छ । जसमा रु ३,५५,८५,६००र९ ट्राफिक कारवाहीबाट, रु। ४,६७,४००र९ अवैध मदिराबाट, अवैध भन्सारबाट १,२१,९०,०००र९, अवैध उत्खननबाट २०,०५,०००र९ र रु ४१,७८, ९९६र९ फैसला कार्यान्वयनबाट असूल भएको ।

अवैध उत्खनन बिरुद्धको कारवाही–अवैध उत्खननमा संलग्न १४१ वटा ट्राक्टर, २४ वटा टिपर, ५ वटा जेसिभि उपर कारवाही गरिएको ।

सिसिटिभीको जडान र प्रयोग – प्रस्तुत अवधिमा १ नं। प्रदेश सरकारको सहयोगमा जिल्लाको रानीदेखि महानगरको ढाटसम्म र बुढी खोलादेखि उर्लाबारीसम्म ६० कि।मि। अप्टिकल फाईवरको नेटवर्क जडान र बिस्तार गरी सिसिटिभि प्रयोगमा ल्याइएको । अप्टिकल फाइवरको यो नेटवर्क काठमाण्डौ पछि देशको दोश्रो ठुलो नेटवर्क रहेको । यस अवधिमा संगठित रुपमा डकैती, चोरी, सवारीदूर्घटना, ज्यान  सम्बन्धि लगायत ३९ वटा घटनाको अनुसन्धानमा सिसिटिभी प्रविधिको प्रयोग भएको । भौतिक निर्माण–ईप्रका रानी, ईप्रका बेलबारी, ईप्रका बुधनगर, ईप्रका उर्लाबारी, सिप्रचौ डोरिया,प्रचौ थलाहा, ईप्रका रंगेली, जिप्रका मोरङ गरी २९,९१,४२,४०७, बराबरको नयाँ निर्माणको थालनी भएको ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिराटनगर, प्रहरी चौकी बखरी इप्रका पथरी, प्रचौ रमाईलो, अप्रचौ कानेपोखरी, ईप्रका बुधनगर, इप्रका रंगेली, इप्रका दोहमना, सिप्रचौ पोखरिया, प्रचौ गडरिया, प्रचौ झपटतल, पचौ सिक्टी, इप्रका उर्लाबारी, प्रचौ मझारे, प्रचौ कोयलपुर, इप्रका नेमुवा, वप्रका हाटखोला गरी १८ वटा प्रहरी कार्यालयहरुमा रु १,९५,००,०००, बराबरको भौतिक निर्माण सहयोग भएको ।

अपराध नियन्त्रणमा जिप्रका मोरङले गरको पहल कदमीका कारण गत आर्थिक बर्षको तुलनामा यो बर्ष १६।३५५ ले कमी आएको । गत बर्षको यो अवधिसम्म १६९४ मुद्दा दर्ता भएकोमा यो बर्ष १४१७ मुद्दा दर्ता भएको । गत बर्षको तुलनामा यो बर्ष अभद्र व्यवहारमा ९६५५र४४०० ३२।८२५, चोरीमा ९१०३र८४० २२।६१५ जबरजस्ती करणीमा ९९७,७२० २५।७७५,जबरजस्ती करणीको उद्योगमा ९५४र४४० १८।५१५, जुवामा ९१४र७० ५०५ ले कमी आएको छ भने आत्महत्या ९१८९,२१३० १२।६९५, लागु औषध ९१६५,१७३० ४।८४५, कर्तव्य ज्यान ९१६,१७० ६।२५५ र ठगी ९११र१९० ७२।७२५ ले बढेको देखिन्छ ।

यस अवधिमा बिभिन्न मुद्दामा १२५९ जना पुरुष र ९१ जना महिलालाई पक्राउ गरी मुद्दा दायर गरिएको । सफल अनुसन्धानहरु ९ १० २०७६र२र२७ मा भारतबाट बिराटनगरका एक व्यपारीको हत्या गर्ने योजनामा हतियार सहित कुनाल कुमारलाई पक्राउ गरी हत्या योजना बिफल पार्नुको साथै संलग्नहरुलाई मुद्दा चलाईएको । २० २०७५र९र१५ गते तपाईको नाममा चिठ्ठा पर्यो भनी ठगी गर्ने निरज मरिक, श्रवण मलहालाई पक्राउ । ३० बिराटनगरका बिभिन्न स्थानमा श्रृखलाबद्ध रुपमा डाँका गर्ने ७ जना पक्राउ । ४० २०७६र१०र१४ गते संझना खत्रीको हत्या गर्ने सुरेन्द्र साह पक्राउ । ५० आफ्नै बुवासंग अपहरणको नाटक गरी फिरौती लिने छोरा मुकेश कुमार महतोलाई पक्राउ ।

६० २०७६र१०र१ मा आफुलाई नेपाली सेनाको कर्मचारी बताउने विक्रम चन्द पक्राउ ७० २०७६र१०र६ मा आफ्नो प्रेमीसंग मिली श्रीमानको हत्या गर्ने दयावती सरदार, बद्री सरदार र विकास सरदार पक्राउ । ८० २०७६।३।१६ मा ६० किलो अवैधी चाँदी सहित भारतका गौरव कुमार साह पक्राउ ९० मिति २०७७र२र३ गते छोराहरुद्वारा बुवा सिताराम चौहानको हत्या गरेको केशमा छोराहरु रोहित चौहान र नागेन्द्र चौहान पक्राउ १०० २०७७र२र३ फार्मेसी सञ्चालक देवी प्रसाद दुलालको हत्यामा संलग्न श्रीमती सहित दुई जना पक्राउ ।

द्दद्ध। हराएका १८३ मोबाईल, ७५ मोटरसाईकल र १५ साइकल फेला पारी सम्बन्धित धनीलाई बुझाईएको ।

जिल्ला प्रहरी कार्यालयमा रहेका ५ वटा हिरासत कक्षलाई अन्तराष्ट्रिय मापदण्ड बमोजिम नमूना हिरासत कक्षको रुपमा व्यवस्थित गर्न हिरासत कक्षमा CCTV monitoring, individual lockers, floring carpet, TV, books, hot and cold water, fans, periodic counseling को व्यवस्था गरिएको ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको COVID 19 को संक्रमण रोकथामका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लक डाउनको प्रभावकारी कार्यान्वयन, सीमा प्रवेश नियन्त्रण, सवारी आवागमन, बजार व्यवस्थापन, १९ स्थानमा हेल्प डेस्कको स्थापना, जनचेतनामूलक कार्यक्रमहरु, जिल्लाभरीमा तयार गरिएका ७६ वटा क्वारेन्टाईन र क्वारेन्टाईनमा रहेका २९४७ व्यक्तिहरुको व्यवस्थापन, २२९ जना संक्रमितहरु, सीमा नाकाबाट प्रवेश गर्ने र बाहिरिने व्यक्तिहरुको व्यवस्थापन ।

कोभिड,१९ को संक्रमण रोकथाम गर्न जिल्लाभरी “प्रहरीको साथी म” नामक बिशेष अभियान सञ्चालन गरी १३५ वडामा १४५१ जना स्वयम् सेवकहरु परिचालन गरिएको । जनस्तरमा यो कार्यक्रम समूदाय प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट प्रायोगिक उदाहरणको रुपमा कार्यान्वयन भएको ।

जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको अभिलेखीकरण तथा निजहरुको प्रहरी सेवाप्रतिको पृष्ठपोषणका लागि शुरु गरिएको फारम प्रणाली अन्तरगत १५२६८ जनाले फारम भरेको जसमा ५०।१५५ ले प्रहरीले प्रदान गरेको सेवा अत्यन्तै प्रभावकारी रहेको कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.