Websoft University

देव कुमार राईलाई प्रहरीले पक्राऊ गर्यो


श्याम राई-गाईघाट,जेष्ठ २६ गते । रातो तारा डट कम,वालिका करणी गरेको अभियोगमा शनीबार एक युवक पक्राऊ परेकाछन् । उदयपुरको चौढण्डीगढी नगरपालिका–४ शनीबारे बस्ने ३६ वर्षिय देव कुमार राईलाई प्रहरीले पक्राऊ गरेको हो ।

 उनले १३ वर्षिय वालिकालाई आफनै घरमा लगेर करणी गरेको वालिकाको आफन्तले प्रहरीमा गरेको उजुरीको आधारमा सिराहाको मिर्चैयाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुडाले बताए ।
‘ बसमा चढेर भाग्दै गरेको अवस्थामा राईलाई पक्राऊ गरिएको हो ।’ उनले भने ।

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका  दिप्लुङ्ग घर भएकी बलात्कृत वालिका शनीबारेमा दिदी भिनाजुकोमा बस्दै आएकी थिईन् । अभियुक्त राई विरुद्ध करणी मुद्दा चलाउने तयारी भैरहेको एस.पी. बडाले बताए ।






                 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.