Websoft University

गोकुलम रिर्सोटले विश्वका सात आश्र्चायहरुको नमुना वनाउने


शिव भट्टराई सुनसरी फागुन १ गते । रातो तारा डट कम,
पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको गन्तव्यका रुपमा विकसीत बन्दै आएको मोरगंको सुन्दरहरैचा ४ मा रहेको गोकुलम रिर्सोटले विश्वका सात आश्र्चायहरुको नमुना समेत वनाउने भएको छ ।

विभिन्न आकर्षणका सामाग्रीहरु सहितको फन पार्क सञ्चालन गर्दै आएको गोकुलम रिर्सोटले विश्वका सात आश्चार्य मध्ये आइफिल टावर र ताज महलको नमुना वनाई सकेको र आगामी वर्ष सम्ममा बाँकी रहेका पाँच आश्र्चायका नमुनाहरु समेत वनाउने जनाएको हो ।

रिसोर्टमा पत्रकार सम्मेलन गरी रिर्सोटलाई थप आकर्षण क्षेत्र वनाएर विश्वस्तरकै वनाउने योजना रहेको सञ्चालक राधेश्याम पौडेलले जानकारी दिए । उनले गोकुलममा हाल सम्म ३० करोडको लगानी भइसकेको र आगामी दिनमा अझ १० करोड थप गरेर अझ आकर्षण क्षेत्र वनाउने योजना रहेको वताए । त्यसै गरी अर्का सञ्चालक रमेश कार्कीले थप योजना र नयाँ व्यवस्थापनका साथ गोकुलमलाई अघि बढाउने जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.