काठमाण्डौं,माघ २९ गते । रातो तारा डट कम, धनगडी प्रिमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेञ्जर्सले विजयी सुरुवात गरेकोछ । हिजोको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देहीले विजयी सुरुवात गरेकोहो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा रुपन्देहीले दिएको १ सय १२ रनको सामान्य लक्ष्य सहित जवाफी व्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको रुपन्देहीले २० ओभरमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोड्नु भयो ।
जतसँगै महेन्द्रनगरले अंक तालिकामा २ अंक जोड्न सफल भएको छ । भोली रुपन्देहीले विराटनगर किङससंग खेल्नेछ भने पर्सि बुधबार महेन्द्रनगरले काठमाडौं गोल्डेन्ससँग खेल्नेछ ।
Post a Comment