Websoft University

कान्तिपुर स्कूलमा निशुल्क आँखा परीक्षण


विराटनगर, पुस ६ गते । विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले निशुल्क आँखा परीक्षण गरेको छ । विराटनगर आँखा असपताल विराटनगरको सहयोगमा स्कूलले शुक्रबार निशुल्क आँखा परीक्षण  तथा निशूलक चश्मा वितरण गरेको होे ।

विराटनगर आँखा असपताल विराटनगर नेत्र चिकित्सकहरु गिरीसमाश्री चुडाल (ओपटोमेट्रिष्ट ),  सवनम चौधरी (ओपथालमिक एसिसटेन्ट) , रनती देव चौधरी (ओपटिकल एसिसटेन्ट ),   तथा आँखा स्वास्थय कर्मीहरु लक्ष्मी यादव , दिपनारायण उराँउ, कुशावन्त सिंहलगायतको टोलीले आँखा परीक्षण गरेको थियो ।

स्कूलमा अध्ययजरत करिव १ हजार ५ सय ६० विद्यार्थीहरुले प्रत्यक्षरुपमा आँखा  परीक्षणबाट लाभ उठाएको स्कूलका भाइस प्रिन्सिपल  देविलाल महतो जानकारी दिए ।

विद्यार्थीहरुको आँखाको अवस्था हेरी थप निशूल्क उपचारको लागी असपताल पठाइएको भाइस प्रिन्सिपल महतो बताए । यसरी स्कूलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनुको साथै उनीहरुको स्वास्थयलाई पनि उतिकै मह्त्वको साथ हेरेको  स्कूलले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.