Websoft University

तीन महिने सौन्दर्य कला तालिम समापन


विराटनगर, भाद्र १ गते । रातो तारा डट कम, प्रहरी परिवारहरुलाई लक्षित गरी मोरङ जिल्लाको विराटनगरमा
संचालित “तीन महिने सौन्दर्य कला तालिम दोश्रो समुह” बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

यही चैत्र २९ गतेबाट संचालित सो तालिम बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शरद कुमार खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

समापन समारोहमा उपस्थित प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले प्रहरी परिवारहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विगतकै निरन्तरता स्वरुप दोश्रो समुहको सौन्दर्य कला तालिम संचालन गरिएको र सो तालिमले सहभागीहरुलाई सौन्दर्य कलाको पेशा अँगाली आत्मनिर्भर, स्वरोजगार बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

सोही कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी निरीक्षक हेम कुमार खड्काले १ नम्बर प्रदेश प्रहरी कार्यालय, श्रीमती संघको तत्वावधानमा बहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरुका आश्रीत परिवारलाई लक्षित गरी क्षेत्रीयप्रहरि कल्याण कोषबाट तालिम संचालन गरिएको जानकारीगराउनु भयो ।

त्यसैगरी तालीममा सिकाइएका विषय(वस्तु बारे जानकारी गराउनु हुँदै राजश्री व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर विराटनगरकी प्रशिक्षक बिनु श्रेष्ठले १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट निम्न आय भएका प्रहरी परिवारहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ संचालन गरेको सौन्दर्य कला तालिमका सहभागीहरुको लगनशीलताका कारण समयमै तालिम सम्पन्न भएको र तालिम पश्चात सहभागीहरुले आत्मविश्वासका साथ व्युटिसियन पेशा अगाल्न सक्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

२०७४ साल चैत्र २९ गतेबाट संचालित सो तालिममा १८ जना प्रहरी हवल्दार, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीका आश्रीतपरिवारको सहभागीता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.