शिव भट्टराई - मोरङ असार २६ गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागी रहेको थियो।यस कार्यक्रममा मेयर शिव ढकालले बिभिन्न बिषयमा सुन्दरहरैचाबासीले सोधेको प्रश्नको उत्तर दिनु भएको थियो।कार्यक्रममा सुन्दरहरैचा.११ कि नीरू बजगाईले शिक्षा सम्बन्धी,महिलाका लागी सिपमुलक तालीम प्रदान गरियो तर त्यसलाई उपयोग गरेर रोजगारी दिन नसकेको कुरामा चर्को आलोचना गरेका थिए।
साथै सुन्दरहरैचा-११का केदार प्रसाद लुइँटेलले कर्मचारीले नक्सापास गर्नलाई रु.५०० दिनु पर्ने बिना बिलको पैसा दिनु पर्ने,जनप्रतिनिधिको आफु खुसी चलेको कुरा बताए।साथै सुन्दरहरैचा-४ का केशव बास्तोलाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत ८२फिट भित्रपर्ने संरचना भत्काइयो तर बनाउनमा ढीलाई भएको,साथै लागू औसध दुर्बेसन हटाउनको युवा लक्षित कार्यक्रम ल्यायनु पर्यो,त्यसैगरी बृक्ष रोपण कार्यक्रम पनि गर्नुपर्नेकुरामा तर्क उठाए।
मेयर शिव ढकालले बिभिन्न प्रश्नको उत्तर दिदै शिक्षा क्षेत्रमा अलिक संकट रहेको,त्यस्तै महिलाहरुले तालीम लिएपछि प्रमाण पत्र सिरानेमा नराखी त्यसलाई उपयोग गर्न आग्रह गरे।साथै उनले अहिले कर्मचारीहरुको बेथिति रहेको र यसलाई बिस्तारै सुधार गर्दै लाने कुरा बताएका छन्।
यस कार्यक्रममा मेयर शिव ढकालले बिभिन्न प्रश्नको उत्तर दिदै सुन्दरहरैचाबासीको तर्क मेटाएका थिए।यस सुन्दरहरैचा नगरपालिका कार्यलय मोरंगद्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा रेडियो सुसेलिद्वारा सहजिकरण गरिएको थियो।यस कार्यक्रम मेयर शिव ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।
Post a Comment