बिराटनगर,भदौ २२ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिकाको केहि क्षेत्र बाहेका अधिकांशठाउँहरुमा खाने पानीको घर घरमा धारा छन, तर पानी आउदैन, आइहाले पनि लेदो आउछ ।
यो बिषय बिराटनगरको पुरानै बिषय र रोग हो, गत वर्ष खानेपानी कै कारण जडिस जस्तो महामारी रोग समेत फैलिएको थियो ।

बिराटनगरमा भएको डुवान र जताततै भत्काइएको बाटोको अवस्थाले यहाँका महानगर वासी समस्यमा परेकै भए पनि खपिरहेकाछन तर मानिसलाई नभई नहुने खाने पानी धारामा पानी आउदा इानै समस्यमा परेकाछन ।
नेपाल खानेपानी संस्थान देवकोटा चोक कार्यलय अन्तरगत बितरण गरिएका जमिन पुनिका पाइपहरु बेलामा मर्मत नहुदा र कर्मचारीहरुले जनताको समस्यतिर ध्यान नदिदा खानेपानी उपभाक्ताहरु मारमा परेका हुन ।
लगातार बिराटनगर ११ मा महिनौ देखि खानेपानीको धारामा पानी आए पछि त्यहाँका पानी उपभोक्ताहरु खानेपानी कार्यालय देबकोटा चोक पुगेका थिए ।
यसरी पानी उपभाक्ता खानेपानी कार्यालय पुग्दा धरान खानेपानी कार्यालयका सैलनद्र कुमार शाह सरुवा दुबै कार्यालय हेर्ने गरि भर्रखर बिराटनगर आइपुगेका रहेछन । वहाँले पानी उपभोक्ताहरु संग कुरा गर्दै भन्नु भयो, म आजै आइपुगेकाले बुइान बाँकी छ म छिटो भन्दा छिटो सुधार गर्ने र जनतालाई पानी खुवाउने तिर सकृय भएर लाग्ने बताउनु भयो।
जनचेतनाका लागि जारी.......

नेपाल खानेपानी संस्थानकै अधिकृत रत्न प्रसाद राजवंशीले आफना समस्य उपभोक्ताहरुलाइ सुनाउदै पानीको समस्य छिटो समाधान गर्ने छौ भन्नु भयो । खानेपानी संस्थानका महसुल इन्चार्ज महेश भट्टराइ संग रातो तारा डट कमका सम्पादक स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीले भेटेर जानकारी माग्दा वहाले भन्नु भयो -अहिले सम्म खानेपानीका ग्राह बिराटनगरमा यो कार्यालय अन्तरगत १२ हजार ५००,पाँच सय रहेका र उनिहरुबाट असार मसान्त सम्ममा करिव रू ४ करोड महसुल उठेको बताउनु भयो ।
त्यसैगरी अहिले सम्म बक्यौता रकम १ करोड रहेको छ भने दशौ वर्ष देखि पटक पटक तागेता गर्दा पनि बिराटनगरको सुनसरी मोरङ सिचाइ आयोजनाले रु २५ लाख भन्दा बढी पानीको महसुल तिर्न बाँकी रहेको र त्यसको जरिवाना समेत जोडने हो भने करिव रु ४० लाख बराबरको पानीको महसुल तिरेको छैन । यहा रहेका सरकारी कार्यालयहरुको भने पानीको महसुल बक्यौता नरहेको जानकारी गराउनु भयो ।
Post a Comment