Websoft University

मधुको “हे भगवान हे भगवान सुन” युटुव मार्फत बजारमा सार्वजनिक


रोशन पोखरेल,विराटनगर, भदौ २३ गते । रातो तारा डट कम,परिनिमार्ण क्रियसन प्रालिको प्रस्तुतीमा गायक मधु परियारको नयाँ लोक दोहोरी एल्बम को हे भगवान हे भगवान सुन युटुुव मार्फत नेपाली सांगितिक बजारमा आइपरेको छ ।

मायामा विछोड हुदाँ हरेक मानिसले पुकार्ने भगवानलाई पुकार गदै गायक मधुले  आफनी प्रेमीकालाई खुशी र जस्तो सुकै आपतमा पनि साथ र सहयोग दिन उनले विशेष गित मार्फत आग्रह गरेका छन ।

उक्त गितमा विमला गैरे र मधु परियारको सुमधुर आवाज रहेको छ । प्रेम कुमार गैरेको सर्वोकृष्ट शब्द संयोजन तथा संगितमा रहेको उक्त गितमा अहिलेकि निकै चर्चित तथा ब्यस्त कलाकार आशा खडका , राज कुमार सुनम र पुजाको अभिनय रहेको छ ।

साथै उक्त भिडियोलाई अविनाश डिसी र क्यामेरामा सागर गौतम को कलात्मक कलालाई समेटिएको छ । साथै उक्त मार्मिक गितलाई नित्य निर्देशक काजिस श्रेष्ठले गरेका छन ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.