Websoft University

बालबालिकाको भारतबाट उद्धार


काठमाडौ भदौ २४ गते । रातो तारा डट कम,भारतका विभिन्न स्थानमा अलपत्र परेका चार नेपाली बालबालिकालाई उद्धार गरी हिजो नेपालगन्ज ल्याइएकोछ । भारतस्थित नेपाली दूतावास र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरुलाई दिल्ली, उडिसा, चण्डिगढलगायत स्थानबाट उद्धार गरिएको हो ।


माइती नेपालको अगुवाइमा सर्लाही जिल्लाका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम्तेल, रोल्पाका १४ वर्षीय ऐते विक र १२ वर्षीय हेमन्त विकलाई भारतबाट उद्धार गरी नेपालगन्ज ल्याइएको हो ।

उद्धार गरिएका बालबालिका मजदूरीका लागि भारत जाने गरेका स्थानीयहरुको लहलहैमा त्यहाँ पुगेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.