बिराटनगर, भाद्र १ गते । रातो तारा डट कम,
हालै भएको अबिरल वर्षाका कारण बिराटनगरमा भएको डुवान र त्यस बाट उत्पन्न भएको धनजनको क्षति, परिस्थिति र समस्यहरुलाई समाधान सकृय रुपमा काम गरेको महानगरका मेयरले जनकारी गराउनु भएकोछ ।
बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर नोवेल र दरैया बाट २ जना नानी र महिला बालबालिका बृधहरुसमेत गरि १७ जनाको सकुस नाउ बाट उद्घार गरिएको जानकारी गराउनु भएकोछ ।
महानगरको १ वडा देखि १९ सै वडाहरुका ५७ स्थानबाट करिव १२ हजार मानिसहरुलाई सकुसल सुरक्षित ठाउँमा नाउ मा उद्घार गरिएकोछ भन्नु हुदै उनीहरुलाई चिउरा चाउ चाउ जस्ता जंगफ्रुसहरु उपलब्द गराइएको बताउनु भएकोछ ।
हालै भएको अबिरल वर्षाका कारण १ देखि १९ सै वडाको क्षेत्र भित्र छ जनाको मृत्यु भएको पुष्ठी भएको छ भने फेरी तीन जनाको सव फेला परेका तर सनाखत हुन बाँकी रहेको जानकारी गराउनु भएकोछ ।
पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै, मेयर भीम पराजुलीले भन्नु भयो बाढी पीडित महानगरवासीहरुको सेवा गर्न कुनै बाँकी राखेका छैनौ र उनिहरुलाई दैबिक प्रकोप उद्घार समिति संग कोडिनेटर गरेरै काम गदैआएको र दाल चामल नुन तेल चिउरा जंग फ्रुटस कमल मेटेस लगाएतका सामनहरु उपलब्द गराउदै छौ र हुदैछ भन्नु भयो ।
महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोईराले अहिले बिराटटनगरको फोर उठन सकेको छैन डम्पिङसाइड जाने बरमपुराको बाटा बाँढीले भत्काएकाले सो बाटो मर्मत गर्न स्काभेटर प्रयोग भईरहेकोछ र छिटै नगरको फोहर उठने बताउनु भयो ।
त्यसैगरी दिपक कोईरालाले दिएको जानकारी अनुसार बिमान स्थल सफा गर्न महानगरले सहयो गरिरहेको र मरेका पशु पछिको व्यावस्थापनमा जोडदिदै घुम्ती स्वास्थ्य टोलीहरु सरकारी निजि क्षेत्रका नर्सिङ्घ होमहरुलाई रोटेशनको आधारमा नि: सुल्क उपचार टोली नगर भरि घुमाईरहेको समेत जनकारी गराउनु भयो ।
महानगरका सबै बाँढी पीडितहरु सहजरुपमा राहात पाउन सकुन भनेर सर्वदलिय बैठक बाटै प्रत्येक वडाका वडा अध्यक्षहरुको भुमिकालाई ससक्तपारिएकोले त्याहा बाट आएको सिफारिसको आधारमा एक द्घार प्रणाली अनुसार बिना भेदभाव सबैले राहात पाउनेछन भन्नु भयो ।
Post a Comment