Websoft University

एभरेष्ट साइन्स सेन्टर मा आजिवन सदस्य बन्न सकिने

विराटनगर, साउन २६ गते । रातो तारा डट कम,
सुनसरीको सितागन्जमा रहेको एभरेष्ट साइन्स सेन्टरले विद्यार्थीका लागी  विज्ञान र अनुसन्धानको क्षेत्रमा नेपाललाईजनताको घर सम्म विज्ञान प्रयोगशाला बनाउने योजनाका साथ लागिएको हिजो विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

सो अवसरमा विशेष कार्यक्रम अनुसार आजिवन सदस्यता निश्चित अवधिका भित्र १००० शुल्क तिरेर सो सेन्टरको अवलोकन गर्ने जनाइएको छ ।

सुनसरीको सीतागञ्जमा २० करोड रुपैयाँको लगानीमा एभरेष्ट साइन्स सेन्टर सञ्चालमा आएको विज्ञान प्रयोगशालालाई थप सुविधाका साथ सञ्चालन गरिएको सो अवसरमा जानकारी दिइएको छ ।

सन् २००१ मा स्थापना भएको एभरेष्ट साइन्स सेन्टरले नासासँगको सहकार्यमा चन्द्रमाको ढुंगासमेत प्रदर्शन गरिसकेको सो साइन्स सेन्टरमा थ्री डी सिनेमा हल, पोेर्टेबल प्लानेटरी (तारामण्डल), डाइनोसरसम्बन्धी तथ्यहरू, विज्ञानका आकर्षक प्रयोगहरू, नासाले अन्तरिक्षमा पुर्‍याएको नेपालको झण्डासमेत राखिएको छ ।

बोटिङ गर्ने पोखरी, डाइनोराइडका मूर्ति प्रदर्शनमा छन्। उनले एभरेष्ट साइन्स सेन्टरबाटै एक सय नेपाली विद्यार्थीलाई अमेरिकाको नासामा लगेर तालिम दिलाएका छन ।  स्पेस सेन्टर (अन्तरिक्ष विज्ञानको सबै विषयम अध्ययन गर्न सकिने) र कृषि विज्ञान संग्रहालय (नेपालको कृषि विज्ञानको सम्पूर्ण अध्ययन गर्न सकिने) निर्माण गरिएको छ ।

साइन्स सेन्टरको प्रचारकै लागि सहयोगी बनाउने उद्देश्यले झण्डै पाँचदेखि छ करोडरुपैयाँको लगानीमा केवलकार निर्माण गरिने तयारी गरिएको छ ।  साढे एक किलोमिटरको क्षेत्र घुम्न सक्ने गरी निर्माण गर्न लागिएको केवलकार दुई वर्षभित्रमा सञ्चालन गर्ने उनले दाबी गर्नुभयो ।

आकर्षक मिनी वाटर किङ्डम, म्युजिकल फाउन्टेन, रातको समयमा वनभोज खानेहरूका लागि उचित व्यवस्थापनसहितको पार्क निर्माण गर्ने लक्ष्य रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.