Websoft University

७ प्रदेशमा अधिकार दिएर एआइजी हरू पठाउन गृहकार्य हुदै


काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई खटाउने भएको छ । नेपाल प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन गृहकार्य भइरहेकोछ ।

दुई साताअघि बढुवा भएका एआर्इजीहरूलाई अहिलेसम्म पदस्थापन गरिएको छैन । गृहमन्त्री जनार्दन शर्माको सकृयतामा उनीहरूलाई प्रदेशमै पठाउने तयारी भइरहेको
वहाका प्रेस सल्ला हकार सुरेन्द्रबहादुर शाहले बताए ।

संघीय प्रहरी ऐनविनै प्रहरीलाई संघीय संरचनामा खटाउँदा समस्या सिर्जना हुनसक्ने भन्दै धेरै प्रहरीले असन्तुष्टि जनाएका छन् । प्रहरी नियमावली मन्त्रिपरिषद्ले संशोधन गर्न सक्ने भएकाले नियमावली संशोधन गरी एआइजीलाई खटाउन लागिएको हो । केही दिनभित्रै एआइजीलाई प्रदेशमा खटाउने तयारी छ ।

हाल प्रहरीमा ११ जना एआइजी छन् । सातजनालाई प्रदेशमा तथा एकजनालाई महानगरीय प्रहरी कार्यालयमा खटाएपछि बाँकी तीनजनालाई प्रहरी एकेडेमी र मुख्यालयमा राख्ने तयारी छ । दरबन्दी मिलाएर प्रहरी नियमावली संशोधन गर्न लागिएको छ । एआइजीलाई प्रदेशमा खटाउन कानुनी व्यवस्था गर्न छलफल भइरहेको शाहले बताए ।
स्रोत  नयाँ पत्रिका दैनिकबाट ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.