विराटनगर । शुक्रबार कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकका लागि असल अभिभावकत्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने कक्षा सञ्चालन गरेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले शनिवार कक्षा ९ र १० का अभिभावकलाई कक्षा सञ्चालन गरेको छ । उत्प्रेरक प्रितम पौड्याल मार्फत एभरेष्टले अभिभावकलाई असल प्यारेन्टिङ कसरी गर्न सकिन्छ भन्ने बुझाउन कक्षा सञ्चालन गरेको हो ।
करिब तीन सय जना अभिभावकको उपस्थिती रहेको कक्षामा बालबालिकाको मनोभाव कसरी बुझ्ने रु उनीहरुसँग कसरी व्यवहार गर्ने रु राम्रो गर्दा गर्दै बालबालिकाको मस्तिष्कमा पर्ने प्रभाव लगायतका विषयमा उत्प्रेरक पौड्यालले जानकारी गराउनुभएको थियो । हरेक बालबालिकाको आफ्नै क्षमता हुने भन्दै उहाँले बालबालिकाको स्वभाव अनुसार शैक्षिक ज्ञान र सामाजिक संस्कारको विकास कसरी गराउन सकिन्छ भन्ने विषयमा अभिभावकलाई बुझाउनुभएको थियो ।
यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर सुधारका लागि भइरहेका प्रयत्नको विषयमाअभिभावकलाईजानकारी गराउनुभयो । उहाँले विराटनगरमै रहेर विश्वस्तरीय शिक्षा दिन चालिएका कदमको विषयमा जानकारी गराउँदै अभिभावकहरुले पनि सोहि अनुसारको भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । अभिभावकहरूका सुझावलाई आत्मसाथ गर्दै उहाँले युग सापेक्ष शिक्षण सिकाईको पथमा एभरेष्ट रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हाम्रा विद्यार्थीहरु शिक्षित मात्र नभई असल नागरिक बनून् भन्ने चाहन्छौं ।’ कार्यक्रममा एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले विद्यालयको संरचनागत विषय, अवलम्बन गरिएका सिस्टमहरू र विश्वस्तरीय शिक्षाका लागि विभिन्न निकायहरुसँग गरिएका सहकार्यहरूको विषयमा अवगत गराउनुभएको थियो । अन्तरक्रियात्मक ढङ्गबाट चलेको कक्षामा अभिभावकहरुले आफूहरुले गर्दै आएका कतिपय व्यवहारअसल प्यारेन्टिङ भित्र नपर्ने महशुष भएको बताउनुभयो ।
बालबालिकाहरुले पढ्न अल्छी मान्ने, ग्याजेटहरुमा बढ्दो सक्रियतालाई कसरी न्यूनिकरण गराउने लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा सहभागि अभिभावक गोकर्ण सेढाईंले सामान्य रुपमा गरेका कमिकमजोरी पहिल्याउन, सानो हेलचेक्र्याईले पार्ने असर बारे बुझ्न तथा असल अभिभावकत्व कस्तो हुने रहेछ भन्ने बुझ्न पाएको बताउनुभयो ।
एभरेष्टले हरेक वर्ष यसैगरि आफ्ना विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुलाई उत्प्रेरक कक्षाहरु सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरूले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने र उर्जा प्रदान गर्ने विद्यालयको विश्वास छ । यसैगरि अत्याधुनिक भौतिक पूर्वाधारमा सञ्चालित एभरेष्टले विश्वस्तरीय शिक्षा दिनको लागि भन्दै विभिन्न निकायहरूसँगको सहकार्यमा बालबालिकाहरुको अन्तर्राष्ट्रिय फोरमहरुमा समेत उपस्थिति बढाउँदै लगेको छ ।


Post a Comment