Websoft University
July 2017


बिराटनगर,साउन १६ गते । रातो तारा डट कम,उधोग संगठन मोरड महिला उधम समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर उधोग संगठनकै भवनमा साउन २०,२१ तीज महत्सवको आयोजन गर्ने जानकारी गराएकोछ ।

उधोग संगठन मोरग महिला उधम समितिले यस क्षेका महिलाहरुको सिप बिकासमा सहयोग गरी स्वरोजगार तर्फ उन्मुख गराउन सिपमुलक तालिमहरु सन्चालन गरेर महिलाहरुलाई ससक्तिकरण जोड दिदैआएको समेत जानकारी गराईएको थियो ।

बिगत देखिनै महिलाहरुमा सिप बिकास भए पनि आफु संग भएको सिपलाइ आय आर्जनमा परिणत गर्न नसक्ता उनिहरुको गइरहेको सिपहरुलाई यो समितिले अहिले आय आर्जनमा परिणत गर्न थालेकोछ ।

कार्यक्रममा गिरिजा सारडा र कार्यक्रम अध्यक्ष राज कुमारी तोदीले दिएको जानकारी अनुसार नेपाली महिलाहरुको तीजलाई रमाइलो पनि गर्ने र त्यसलाई व्यवसायी करण गर्दै जाने उश्यले अर्गानिक खाने कुरा हरीयो तरकारी फलफुल बिभिन्न भेषभुषाका कपढा तीज महत्सव मेलामा राखिने जानकारी गराउनु भयो ।

साउन २०,२१ गते तीज महत्सव २०७४मा महिलाहरुले आफुले उत्पादन गरेका समान सामाग्री प्रदर्शन गर्न प्रतिस्टल रु २०००,दुइ हजार शुल्क तोकेर बुकिङ्ग खुल्ल गरेको पनि जानकारी गराईएको थियो ।

यो तीज महत्सव भरी सबै जातजातीको भाषामा तीज गीत बजाइने र भेषभुषा पनि प्रदर्शन गरिने जानकारी गराइएको थियो ।

विराटनगर, साउन १६ गते ।  रातो तारा डट कम,विराटनगर भन्सार कार्यालय परिषरबाटै भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा नयाँ उपाय लगाएर सामान तस्करी हुने गरेको पाइएको छ । भन्सार नाकाबाट एउटै प्रज्ञापन पत्र देखाएर तस्करीमा संलग्नले बारम्बार सामान ओसारपसार गर्दा समेत त्यसमा एजेन्ट र कर्मचारीले सहयोगीको भूमिका निर्वाह गर्ने गरेको सार्वजनिक भएको हो ।

भन्सार ढाटमा सशस्त्र र नेपाल प्रहरीको २४ घण्टा नै ड्युटी हुने भए पनि यसरी हुने तस्करी पत्ता लागेको थिएन । भन्सार प्रमुख कृष्ण बस्नेतले रातो तारा डट कम,लाई दिएकोअनुसार यस्तो खालको तस्करी कसैको सहयोग विना सम्भव छैन ।

‘तस्करीमा संलग्नले विहान काटेको एउटै प्रज्ञापन पत्र देखाएर दिनभर सामान ओसारपसार गर्दा रहेछन्,’ उहाँले भन्नु भयो, ‘यसमा कडाई नगरिनुमा भन्सार महशुल लिन बसेका एवं जाँचपासमा खटिएका कर्मचारी, एजेन्ट र प्रहरीकै कमजोरी देखिन्छ ।’

बस्नेतले तस्करलाई बल पुग्ने गरी काम गर्ने कर्मचारी र एजेन्टको पहिचान गरेर कारवाही अघि बढाउन निर्देशन समेत दिनु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बारम्बार सामान ओसारपसारमा प्रज्ञापन पत्र भने एउटै हुने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्दै भन्सार नाकाबाट हुने तस्करी निमिट्यान्न पार्न निर्देशन दिएर प्रहरी नायव निरीक्षक दीपक यादवको नेत्रृत्वमा भन्सारको ढाटमा टोलीनै परिचालन गर्नु भएको छ ।

प्रनानि यादवले भन्नु भयो, ‘तस्करीमा संलग्नले प्रत्येक दिन विहान एउटा प्रज्ञापन पत्र काट्दा रहेछन् र त्यसैलाई प्रयोग गरेर दिनभर सामान ओसारपसार गर्दा रहेछन् ।’ यादवका अनुसार भारतबाट नेपालतर्फ भित्रने फलफुल, माछा, गाडीका पार्टपूर्जा, कपडा, चिनी, काजु, किसमिस तथा खाद्यान्न तस्करीमा संलग्नले एउटा प्रज्ञापन पत्र देखाएर दिनभर ओसारपसार गर्ने गरिएको पाइएको छ ।

ठेला, रिक्सा, सिटी सफारी र साइकलको प्रयोग गरेर हुने गरेको तस्करीमा एउटै प्रज्ञापन पत्रको प्रयोग गर्ने गरिएको पाइएको हो । प्रहरीले भन्सारको ढाटमा चेकजाँचमा कडाई गर्दै एउटै प्रज्ञापन पत्रको प्रयोग गरेर पटक पटक ओसारपसार गरिने सामान नियन्त्रणमा लिएर कारवाहीका लागि भान्सार कार्यालयमा समेत बुझाउन थालेको छ ।

 त्यसरी ल्याउने गरिएको एक सय ५० किलो चिनी बरामद गरेर प्रहरीले कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।


विराटनगर,साउन १६ गते । रातो तारा डट कम,
राष्ट्रिय मानब अधिकार आयोगका सदस्य सुदीप पाठकले नेपालको मानवअधिकार आप्रवासी कामदारको सुरक्षा जस्ता बिषय प्रमुख हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सोमबार देखि विराटनगरमा सुरु भएको आप्रवासी कामदारको मानवअधिकार सम्वन्धी २ दिने सम्मेलनको उदघाटन सत्रलाइ सम्बोधन गर्दै उनले करीब ६० लाख भन्दा वढी नेपाली बैदेशिक रोजगारिमा विभिन्न मुलु्क पुगेकाले उनीहरुको मानवअधिकार संरक्षणको विषय पहिलो प्रथामिकताको विषय हुनुपर्ने बताए ।

सदस्य पाठकले छिमेकी मुलुक भारत बाहेक ३७ लाख भन्दा वढी नेपाली बैदेशीक रोजगारिका शिलशिलामा विदेशमा रहेको जानकारी दिदै सुरक्षीत आप्रवासकाम लागि सरकारले पहल गर्नुपर्ने बाताए । उनले बर्तमान अवस्थामा ५ वटा मुलुक सँग मात्र नेपालले श्रम सम्झौता गरे पनि विदेशी कामदारका रुपमा नेपाली १ सय १ मुलुकमा पुगेको र २ सय वढि देशमा बसोबास गर्दै आएकाल सरकारले रणनितिक योजना बनाएर त्यस्ता नेपालीको मानवअधिकार संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

सदस्य पाठकले वैदेशीक रोजगारिमा जानेले भाषा र काम मात्र सिकेर गए ५० प्रतिशत वढी जोखिम कम हुने दावी गरे । उनले हाल सम्म वैदेशीक रोजगारिमा गएका ६ हजार २ सय नेपालीको मृत्यु भएको र १ हजार ५ सय भन्दा वढी रोजगारिमा गएका विभिन्न दुर्घटनामा परि अशक्त भएको जानकारी दिए ।

पाठकले आप्रवासी कामदारका विषयमा नेपाल भरी क्षेत्रीय सम्मेलन गरेर राष्ट्रिय प्रतिवेदन तयार गरे पश्चात माइक्रो रिसर्च गर्ने र सो पछी ३ वर्ष सम्म आयोगले सुरक्षीत आप्रबासका लागि काम गर्ने बताए । सो अबसरमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.घनश्यामलाल दाशले विभिन्न मुलुक सँग नेपालको श्रम सम्झौता नभएका कारण बैदेशीक रोजगारिमा पुगेका नेपालीले रोजगारदाताबाट भने अनुसारको तलब तथा काम नदिने,जोखिमयुक्त काममा लगाउने र विभिन्न यातना दिने गरेकाले सरकारले रेमिट्यान्समा मात्र आँखा नलगाएर उनीहरुको अधिकारका सवालमा समेत काम गर्नुपर्ने बताए ।

कार्यक्रममा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, विराटनगर महानगरका मेयर भिम पराजुली, उपमेयर इन्दीरा कार्की, पुर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी रमेश भट्टराइ, पुर्वाञ्चल मानवअधिकार परिषदका संयायोजक सोमराज थापालगायले आ–आफ्नो पक्षबाट सबैले सुरक्षीत आप्रवासका लागि भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

मंगलबार सम्म चल्ने सम्मेलनमा पुर्वाञ्चलका विभिन्न जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको छ ।


विराटनगर,साउन १६ गते । रातो तारा डट कम,
मारङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा स्थायी बसोबास गरेर विदेशमा बसोबास गर्ने युवाहरुले एलएक्स ५ किलोमिटरको खु्रल्ला दौड प्रतियोगीता सञ्चालन गर्ने भएका छन् ।

सोही युवाहरुको समुह लक्ष्मीमार्ग विकास सहयोग संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उक्त दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । आगामि साउन २१ गते शनिबारका दिन आयोजना हुने सो ५ किलोमिटर दौड प्रतियोगितामा पुर्वाञ्चलका विभिन्न स्थाबाट करीब ४ सय खेलाडीले सहभागीता जनाउने आयोजकको अनुमान छ ।

सो प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष प्रतियोगिलाइ नगद १५ रुपैयाँ, द्धितियलाइ १० हजार, तृतियलाइ ५ हजार र १६ वर्ष मुनिका लाइ प्रथम पुरस्कार ५ हजार, द्धितिय ३ हजार र तृतियलाइ २ हजार रुपयाँका साथै पमाणपत्र समेत प्रदान गरिने संस्थाका अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए ।

त्यसैगरि ४० वर्ष भन्दा माथिका प्रतियोगि प्रथमलाइ ३ हजार, द्धितियलाइ ३ हजार र तृतियलाइ १ हजार रुपयाँका साथै पमाणपत्र समेत प्रदान गरिने संस्थाका कार्यक्रम संयोजक कमल लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सो दौड प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने संस्था वा व्यक्तिलाइ सम्मान समेत गरिने जनाइएको छ ।






मोरङ,साउन १६ गते । रातो तारा डट कम,
विराटनगरबाट दुई दिन अघि हराएको मोटरसाइकल प्रहरीले फेला पारी धनिलाई बुझाईएको छ।

यही साउन १३ गते राती बिराटनगरस्थित कोशी अंचल अस्पतालको प्राङगणबाट को १० प २४९१ नम्बरको खैरो पल्सर मोटरसाइकल हराएको थियो ।

अस्पताल प्राङगणमै पार्किङ गरि राखेको मोटरसाइकल हराएको भनि पिडितले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएपछि मोटरसाइकल खोजीमा प्रहरीले सकृयता देखाएको कारण विराटनगर ४ राजवंशी चौकमा बेवारिसे अवस्थामा फेला पारीएको हो।

उक्त मोटरसाइकल सम्बन्धित सवारी धनि धनकुटा छिन्ताङ ३ बस्ने कृष्ण राईलाई बुझाइएको छ।


काठमाडौं साउन १६ गते । रातो तारा डट कम,
नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको संसदीय समितिलाई जानकारी गराएको थियो ।

तर, निगमले संसदीय समितिलाई छल्दै विभागीय मन्त्रालयको मिलेमतोमा निजी जग्गा खरिद गरेको भेटिएको छ । आयल निगमका अधिकारीले यस विषयमा स्पष्ट धारणा राख्न मानेका छैनन् । 


काठमाडौं साउन  १६ गते ।  रातो तारा डट कम,चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएकानेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ  दिएको छ।

साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् ।

ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन्। यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ।’

चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन्।

ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए।

चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको पहल गर्ने जानकारी दिएको ओलीले बताए।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।




काठमाडौ,साउन १६ गते  । रातो तारा डट कम,निर्वाचन आयोगले केही सञ्चार माध्यमबाट आयोगका प्रमुख आयुक्त र आयुक्तलाई लक्षित गरी तथ्यहीन र भ्रामक समाचार प्रकाशन भएकाप्रति गम्भीर भएको जनाएको छ ।

केही सञ्चार माध्यमले तथ्यहीन, कपोलकल्पित र दूराशययुक्त समाचार सम्प्रेषण गरी आयोगप्रति आमजनतामा भ्रम सिर्जना गरी आयोगको गरिमालाई होच्याउने र आयोगले सम्पादन गरिरहेको कार्यमा बाधा अवरोध पुग्ने कार्य गरेको पाइएको भन्दै सम्प्रेषित समाचारप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेअनुसार आयोगले निर्वाध रूपमा आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र खटिरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आयोगले तथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई आग्रह पनि गरेको छ ।

काठमाडौ,साउन १६ गते । रातो तारा डट कम,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी समायोजन गर्न ल्याइएको ऐन अपर्याप्त भएकोले संशोधन गरेरमात्र ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले  हिजो यहाँ शहीद मनोज–झपेन्द्र स्मृति दिवसका अवसरमा ‘संघीयतामा कर्मचारी समायोजन र संघीय निजामति ऐन’ विषयको विचार गोष्ठीमा उहाँले समायोजन ऐन कर्मचारीमैत्री नभएकाले संसद्बाट सच्याउने बताउनुभयो । उहाँले कर्मचारी समायोजन गर्न ल्याइएको ऐन कर्मचारीलाई मर्का नपर्ने खालको ल्याउनुपर्ने बताउनुभयो ।

“समायोजन भएको ३५ दिनभित्र तोकिएको ठाउँमा जानुपर्ने, कर्मचारीको ट्रेड युनियनको अधिकार जस्तालगायत विषय राखिएको छैन”–उहाँले भन्नुभयो, “यी कुरा व्यवहारिक छैनन्, त्यसैले ऐन धेरै हिसाबले उपयुक्त छैन । सच्याएर मात्र ऐन ल्याउनु पर्दछ ।” उहाँले प्रदेशको संरचना नै नबनेकाले कर्मचारीको समायोजन नहुँने भन्दै सरकारलाई हतारमा समायोजन प्रक्रिया नगर्न आग्रह गर्नु भयो ।

ओलीले राष्ट्रले खटाएको ठाउँमा कर्मचारी जानुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले ऐन संसद्मा विचाराधीन रहेकाले छलफल र अध्ययन गरेर मात्र पारित गर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले एमालेका विरुद्ध केहीले नक्कली कुरा गरेर विरोध गरेको आरोप लगाउनुभयो । उहाँले एकताबद्ध राष्ट्र र समृद्धिको योजना बनाई देशलाई अगाडि बढाउन सबै राजनीतिक दल एक भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन चुनौतीपूर्ण रहेको भन्दै समायोजन गर्दा कर्मचारीमा केही समस्या देखिए पनि समाधान गरेर जानुपर्ने बताउनुभयो । “कर्मचारी समायोजन गर्दा कर्मचारीलाई अलिकति कठिनाइ हुन्छ । त्यो व्यहोर्नुपर्दछ”–उहाँले भन्नुभयो, “समायोजन गर्दा दया, माया, सहानुभूति हुदैन । समायोजनअनुसार खटाएको ठाउँमा जानुपर्दछ ।”

उहाँले लामो समयदेखिको कर्मचारीतन्त्रलाई परिवर्तन गर्ने प्रयासमा आफू रहेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रमा गरिखाने र बसी खाने प्रवृत्ति रहेको उल्लेख गर्दै बसी खाने कर्मचारीलाई निमिट्यान्न पार्ने कामको सुरुवात गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै कर्मचारीलाई समस्या नपर्ने गरी समायोजन गरिनुपर्ने धारणा राख्नुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारी समायोजन गर्दा युनियनसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।



काठमाडौं, साउन १६ गते । रातो तारा डट कम,अब समयमा आफ्नो कार्यालयको लेखापरीक्षण नगराउने र अनियमितता गर्ने सरकारी कर्मचारीको सरुवा तथा बढुवा रोकिने भएको
छ ।

सरकारी कार्यालयको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले आगामी वर्षदेखि नियमित लेखापरीक्षण नगराउने कार्यालय प्रमुखको बढुवा रोक्ने गरी तयारी गरेको बताएको छ ।

सरकारी निकायमा आर्थिक हिनामिना र बेरुजु उच्च देखिन थालेपछि यसलाई रोक्न यस्तो व्यवस्था गर्न लागिएको महालेखा परीक्षक टंकमणी शर्माले बताए ।

‘आर्थिक हिनामिना गर्ने जोसुकै भए पनि अब तीनले उन्मुक्ति पाउँदैनन्,’ महालेखा परीक्षक शर्माले भने, ‘आगामी वार्षिक प्रतिवेदनदेखि नै लेखापरीक्षण नगराउने कार्यालय प्रमुखसमेतको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

महालेखा परीक्षक कार्यालयले ६ वर्षे रणनीतिक कार्ययोजनामा पनि उक्त विषय समेटेको छ । वित्तीय अनुशासन पालना र बेरुजू फस्र्योटमा उदासीन पदाधिकारीहरूको अभिलेख तयार गरी सम्बन्धित निकायलाई सूचित गरिने कार्ययोजनामा उल्लेख छ ।

‘वित्तीय सुशासनमा अनुदार कार्यालय प्रमुख वा सम्बन्धित कर्मचारीको सरुवा तथा बढुवा रोक्नेगरी सम्बन्धित मन्त्रालय वा निकायलाई सूचित गर्नेछौं,’ महालेखा परीक्षक शर्माले भने ।

वित्तीय जवाफदेहिता मूल्याङ्कन गरी कार्यालयको र जिम्मेवार पदाधिकारीको वर्गीकरणसमेत गरेर प्रतिवेदनमार्फत सार्वजनिक गरिने कार्यालयको रणनीतिक योजनामा उल्लेख छ ।

त्यस्तै, लेखापरीक्षणको विवरण माग गरेको ३५ दिनभित्र फस्र्योट नभएको रकमलाई बेरुजु राख्ने पनि कार्यालयले जनाएको छ ।

कार्यालयले अबदेखि समसामयीक र जनसरोकारसँग जोडिएका विषयमा तुरुन्तै अनुसन्धान गर्नेगरी विशेष टिम परिचालन गर्ने जनाएको छ ।

महालेखा परीक्षकको ५४ औं प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ९७ अर्ब ४४ करोड रुपैयाँ बेरुजु पुगेको छ । आव २०७२/७३ मा बेरुजु अघिल्लो आवको तुलनामा झण्डै ७ प्रतिशतले बढेको छ ।


काठमाडौँ, साउन १६ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउने पार्टीका शीर्ष नेता परिचालित हुने जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायत नेता २ नं प्रदेशमा परिचालित हुने बताउनुभयो ।

प्रवक्ता भुसालका अनुसार सोमबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

अध्यक्ष दाहालले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ ।

त्यस्तै माओवादी केन्द्रको आजका लागि बोलाइएको केन्द्रीय कार्यालयको बैठक यही साउन १८ गतेसम्मका लागि स्थगित भएको छ ।

यसैबीच माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नं १९ को सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशको स्वागत गरेको छ ।

प्रवक्ता भुसालले रासससँग कुरा गर्दै निर्वाचन आयोगले गरेको निर्णय कानुनअनुसार नै थियो भन्ने विषयलाई सर्वोच्चको आदेशले पुनःपुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग संवैधानिक आयोग भएकाले उसले गरेको निर्णय नै जायज थियो भन्ने पुष्टि भएको छ ।”



काठमाडौं, साउन १६ गते ।  रातो तारा डट कम,
एशियाली बिकास बैंकको सहयोगमा वीरगञ्ज, जनकपुर लगायतका शहरमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रम लापरवाही भएको व्यवस्थापिका संसदको बिकास समितिले ठहर गरेको छ । समितिले सरकारलाई छानबिन गरी दोषीलाई कारबाही गर्न १५ दिनको म्याद दिएको छ ।

एकीकृत सहरी विकास कार्यक्रमका लागि आवश्यक पर्ने पूर्वाधारहरुको विकास अति नै सुस्त, गुणस्तरहीन र लापरवाही भएको भन्दै समितिले पाँच सदस्यीय टोलि गठन गर्न निर्देशन दिएको हो । टोलीमा राष्ट्रिय योजना आयोग र स्वतन्त्र पूर्वाधार विज्ञ एक(एक जना समावेश गर्नुपर्नेछ ।
ब्मखभचतष्कmभलत

समितिले शहरी बिकास मन्त्रालयलाई उक्त अध्ययनको रिपोर्ट अबको २० दिनभित्रै पेश गर्न पनि निर्देशन दिएको छ ।

देशका विभिन्न सहरमा वैदेशिक सहयोगमा सञ्चालित अधिकांश एकीकृत सहरी विकास कार्यक्रमहरु समयभित्रै सम्पन्न हुनसक्ने अवस्था देखिँदैन । यस्ता कार्यक्रमहरु सञ्चालन गर्दार् पूर्वतयारीमा प्रशस्त गृहकार्य हुने गरेको पनि पाइँदैन ।

एकीकृत सहरी विकास कार्यक्रमहरु कार्यान्वयन गर्ने क्रममा हाल देखिएका चुनौतीहरु सम्बन्धमा अध्ययन गर्न एवं आगामी कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना एवं रणनीति बनाउन निर्देशन दिएको छ ।

मोहनकुमार राई, संखुवासभा, साउन १५ गते । रातो तारा डट कम,संखुवसभाको चैनपुर स्थित चैनपुर ७ कोशी राजमार्गमा ट्रकको पल्टदा ट्रकमा सवार घाइते भएका छन् ।



इटहरीबाट खाँदवारी तर्फ विस्कुट, कपडा लगायतको सामाग्री लोडगरी आउँदै गरेको ना २ ख ९५३४ नं.को ट्रक चैनपुरको फलाटेमा आइपुग्दा दिनको १ः ३० बजे स्टेरिङ जाम भएर ट्रक पल्टदा त्यसमा सवार चैनपुर ९ वस्ने वर्ष २९ को तारा खत्रीको कानमा चोट लागेको, उनको छोरी वर्ष ५ को सीता खत्री सामान्य घाइते र निजकै छोरी १८ महिनाकी गोमा खत्रीको खुट्टा भाचिएको, सहचालक  वर्ष २२ को विशाल राईको टाउको तथा शरीरमा सामान्य चोट लागको थियो ।

घाइतहरुलाई  चैनपुरको मकालु मेडिकलमा उपचार गरी थप उपचारको लागि घोपा पठाइएको र गाडी चालक वेलका नगरपालिका ४ उदयपुर वस्ने वर्ष २३ को सविन माझिको टाउको र खुट्टामा सामान्य चोट लागेको र उपचार पश्चात इलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रमा रहेको छ ।

ट्रक धनी इटहरी नगरपालिका ५ वस्ने प्रेम श्रेष्ठलाई खवर गरी निजकै अर्को ट्रक स्टाफले ट्रक तथा त्यसमा रहेको सामान जिम्मा लिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको
छ ।




काठमाडौ,साउन १५ गते । रातो तारा डट कम,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म व्यापारिक नाका खुला गर्न चीन सरकारलाई आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा चीन सरकारका प्रतिनिधि र चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग यस्तो आग्रह गरेका हुन ।

स्रोतका अनुसार एमालेका अध्यक्ष ओलीले चिनिया कम्युनिष्ट पार्टीको सात सदस्यीय स्थायी समिति सदस्य मध्ये एक बरिष्ठ नेतासँग ल्हासामा भेट गरेका थिए । एक साता लामो तिब्बत यात्रा पूरा गरेर फर्किएपछि आफनै निवास बालकोटमा आइतवार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोवर भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टी र चीन सरकारका प्रतिनिधिहरुसँग भेटघाटका क्रममा भएका बिषयवस्तुहरुको बारेमा बैठकलाई जानकारी गराएको सचिव योगेश भट्टराई बताए ।

भेटमा नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरु खुला गर्न अध्यक्ष ओलीले चीन सरकारका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए । ‘नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष कमरेडले चिनिया प्रतिनिधिहरूको ध्यानाकर्षण गर्नुभयो’ बैठककपछि भट्टराईले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

भेटका क्रममा अध्यक्ष ओलीले भुकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुन सञ्चालनमा ल्याउन चिनिया सरकारको ध्यानाकर्षण गराएको भट्टराईले जानकराी दिए । ‘त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोंच रहेको कुरा अध्यक्षलाई जानकारी गराउनुभएको थियो’ चीन सरकारका प्रतिनिधिसँगको प्रतिक्रिया उघृत गर्दै भट्टराईले
भने ।


रबिन्द्र बराल रंगेली,माेरङ-साउन १५ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ घर भएका राेशन बिश्वकर्माले अाफ्नाे छाेरा महेश बिश्वकर्मालाई पैसाकाे अभावका कारणले ५ बर्षका छाेरालाई राम्रो उपचार गराउन सकेका छैनन् ।

उसकाे छाेराे ५ बर्षकाे भईसक्दा समेत  राम्रोसँग उभिन सकेका छैनन्  भने बाेली समेत अाएकाे छैन।
ती अवाेध बालक कसरी हुर्काउने हाे भनेर रात दिन चिन्ताले पिराेली रहेको अामा शान्ता बिश्वकर्माले बताईन ।

बिगत १० बर्षदेखी ५ घुर अैलानी जग्गामा सानाे फुसकाे घर बनाएर बसिरहेका छन । राेशन बिश्वकरमाले अाफ्नाे दुखेसाे पाेख्दै भने मेराे बुबा स्वर्ग भएको पनि १५ बर्ष भईसक्याे , अामा पनि बिगत ७ बर्षदेखी भारतकाे लुधियाना मा दैनिकी ज्यालादारी काे काम गरेर बसि रहनु भएको छ । घरमा म श्रीमती, र अपांग भएको छाेरा बसिरहेका छाै ।

अाँखा बर्बर्ति अाँसुकाे धारा झारदै बिश्वकर्मा  भन्दछ त्याे जुनिमा कस्ताे पाप गरेकाे रहिछु काे नि याे जुनिमा भाेगन  लाई भगवान ले पनि गरिव लाईनै  बज्रपात नै पारीदिए ।
यति धेरै दु:ख किन दिएकाे हाेलान भन्दै रुदै भने  के गर्नु छाेरा अहिलेसम्म बाेल्न पनि सकेको छैन राम्रोसँग उभिन समेत सक्दैन कसरी यसलाई हुर्काउनु भन्छिन अामा शान्ता बिश्वकर्मा ।

उपचार गर्न लगाैभने पैसा छैन , श्रिमान ले रंगेली काठमाडौ चलने सार्वजनिक  बस दैनिकी सरसफाइ गरेर कुनै दिन ४ सय रुपैया कामएर ल्याउने गर्नु हुन्छ ।  कहिले गाडिनै अाउदा खालिनै हात फर्किनु हुन्छ। एक जनाकाे कमाईले परिवार पाल्नुकि छाेराकाे उपचार गराउन लैजानु भन्दै बिलाैना गरिरहेका छन ।

पैसा नभएकै कारण छाेरालाई घरमै राखेर सिहार सुसार गरि रहेको उनी बताउँछिन । बिगत दुई बर्ष अगाडि छाेरा लाई उपचारकाे लागि समुदायमा अाधारीत पुनस्थापना
(शारीरिक पुनःस्थापन केन्द्र) बिराटनगरमा अाफु गएता पनि त्यस ठाउँमा  मेराे छाेराकाे राम्रोसँग हेरचाह नगरेको र घरमै लगेर मालिस गर्नु भनेर फर्केको समेत उनले बताए ।

अपाङ्ग महासंघ,सि भि अार बिराटनगर ,महिला बिकास,बाल अस्पताल स्थापना भएता पनि अवाेध बालककाे उपचार भने हुन सकेकाे छैन । अामा बुबा लाई घर खर्च कसरी चलाउने हाे भनेर चिन्ता छ भने  अर्कोतिर छाेराेकाे उपचार कसरी गर्ने हाे  भन्द‌ै  उनी हरुलाई छट्पटी रहेका छन ।

सरकारले निशुल्क उपचार गरिदिए हुन्थियाे भन्दै बिलाैना गरिरहेका छन । अहिले नेपालमा विदेशी  संस्था हरुले अनेकौं नाम राखेर गरिव,असाय,दलित,अशक्त,अपांग हरुकाे लागि भनेर विभिन्न संस्था स्थापना गरेता पनि त्याे भने बाेल्ने र पहुँचमा भएको ब्यक्ति हरुलाई मात्रै सिमित  छ ।  गरिव र नबाेलने ब्यक्ति र पहुँच नभएको ब्यक्ति  लाई भने काग लाई बेल पाक्याे हर्सन बिस्मत भएको छ ।

यी गरिव बिश्वकर्मा परिवारमा जन्मेको अबाेध बालकाे के दाेसाे ? के बुबा,अामा संग उपचार गराउने खर्चको अभावकाे कारणबाट याे  अबाेध बालक कति दिन सम्म अपांग भए र जीवन बिताउन बाध्य रहेका छन ।

झापा, साउन १५ गते। रातो तारा डट कम,झापाको कमल गाउँपालिका ५ स्थित गिता पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिबार सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ।

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको  मे १ त ५१०५ नम्बरको ट्रयाक्टरमा चेकजाँच गर्ने क्रममा काठ लोड गरी माथीबाट अदुवाको भारीले छोपेर लैजाँदै गरेको ४५ क्यु फिट सखुवाको काठ फेला पारी बरामद गरेको हो।

 काठसहित ट्याक्टर चालक धनकुटा बसन्तपुर गाउँपालिका ४ बस्ने वर्ष २९ को जैमान जबेगुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिकालागी सुरुङ्गा वन कार्यालय पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



काठमाडौ, साउन १५ गते । रातो तारा डट कम,
सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको
छ ।

शिक्षा मन्त्रालयमा  हिजो भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा कुरा अघि नबढेपछि बिनानिष्कर्ष टुंगिएको हो ।

सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनको मुख्य विषय चिकित्सा शिक्षा भएकाले आफूहरुले मात्र त्यसको पार लाउन नसक्ने भएको प्रधानमन्त्री, शिक्षा तथा स्वास्थ्यमन्त्रीस्तरबाटै सहजीकरण गराउन पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विधेयक संसद्मा छलफलमा छ, विधेयकमा थप्नुपर्ने, संशोधन गर्नुपर्ने विषय राजनीतिकरुपमा पनि समाधान खोज्नुपर्ने देखिन्छ । जतिसक्दो चाँडो विधेयक पारित गराई अनशन बस्ने अवस्था आउन नदिनेतिर पहल भइरहेको छ ।”

डा केसी पक्षका वार्ता टोली सदस्य डा अभिषेकराज सिंहले सरकारी पक्षले बहसको विषय आफ्नो दायराभन्दा बाहिर भनेपछि वार्ता अघि बढ्न नसकेको बताउनुभयो ।

“शिक्षामन्त्री, स्वास्थ्यमन्त्रीसहित प्रमुख तीन दलका सचेतकसँग छलफल गरी आजको वार्तामा बस्ने पहिलो वार्तामा कुरा भएको थियो तर उहाँहरुले सबैसँग भेट्न नसकेको भनेपछि मुख्य विषयमा प्रवेश गरिएन”– डा सिंहले भन्नुभयो ।

वार्तामा शिक्षा सचिव श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा विनोदमान श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीनाथ मैनाली र डा केसीका तर्फबाट प्रा डा वाइपी सिंह, डा अभिषेकराज सिंह, डा जीवन क्षेत्री, डा रञ्जन सापकोटा र डा सुमन आचार्य वार्तामा सहभागी हुनुहुन्थ्यो ।

यसैबीच आज सरकारको समर्थनमा राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । विवेकशील साझा पार्टी, चिकित्सक, कर्मचारी, सर्वसाधारणले चिकित्सा शिक्षा विधेयक पास गरी केसीको जीवन रक्षाको माग गरेका थिए ।


उर्लाबारी (मोरङ) साउन १५ गते । रातो तारा डट कम,
बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।

आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने छ ।

आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको उहाँले बताउनुभयो । बेतना सिमसार अवलोकन गर्न सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । अवलोकनका लागि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकाले सिमसार क्षेत्रभित्र आकाशे पुल, झोलुंगे पुल र पौडीपोखरी निर्माण गर्ने कार्ययोजना तयार गरिएको व्यवस्थापन समितिले जनाएको छ । 



काठमाडौ -दाङ, साउन १५ गते । रातो तारा डट कम,
खानयोग्य छ वा छैन भन्ने जानकारीको अभावमा यहाँका उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएका छन् ।

किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, कीरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् ।

विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि यहाँ बढेको छ । जसकारण उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य भएको जानकार बताउँछन् । तरकारीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले मन्द विषसेवन गरिरहेको कृषि प्राविधिक माधव केसीले बताउनुभयो ।

अत्यधिक विषादी प्रयोग भएका हरियो तरकारी खाँदा अल्पकालीन र दीर्घकालीन रोग निम्त्याउनसक्ने भएकाले यसतर्फ उपभोक्त र किसानलाई सचेत गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

तरकारीको नियमन गर्ने निकाय कृषि विकास कार्यालय रहेको र हालसम्म ती कार्यालयले बजारमा विषादीयुक्त तरकारी बिक्री बितरण भइरहेको छ, छैन् भन्ने सम्बन्धमा कुनै अनुगमन गर्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताउनुभयो ।

स्थानीय निकायसँग सहकार्य गरी सो कार्यालयले तरकारीको गुणस्तर परीक्षण र बजार अनुगमन गर्नुपर्ने हो, यस सम्बन्धी बेला बेलामा कुरा उठने त गर्छ तर यसको कार्यान्वयन हुन सकेको छैन, उहाँले भन्नुभयो– “जसले गर्दा सर्वसाधारणले कस्तो खाले तरकारी प्रयोग गर्ने र कस्तो नगर्ने भन्ने जानकारी नै हुन सकेको छैन् ।

कृषि विकास कार्यालय दाङले तरकारीको गुणस्तर परीक्षण गर्न नसकिएको स्वीकार गरेको छ । कार्यालयका बालीसंरक्षण अधिकृत पिताम्बर बस्नेतले तरकारीको गुणस्तर परीक्षण गर्ने उपकरण र जनशक्ति नभएका कारण यसको परीक्षण हुन नसकेको बताउनुभयो ।

अहिले नेपालगञ्जमा तरकारीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला निर्माण हुन लागेको छ, उहाँले भन्नुभयो – निकट भविष्यमै दाङमा पनि तरकारीको गुणस्तर परीक्षण सेवा सुरु गर्ने छौं।


काठमाडौ  साउन १५ गते । रातो तारा डट कम,
मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिनुभएको थियो । साउन १५ गतेअगावै खाल्डा पुरी सक्नेगरी काम गरे पनि मौसमका कारण १२ प्रतिशत काम बाँकी रहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

“लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा खाल्डा पुरे पनि कालोपत्र गर्न बाँकी छ, मौसमका कारण कालोपत्र गर्न सकिएको छैन, रातोपुल–गौशाला र चाबहिल–चुच्चेपाटी क्षेत्रमा पनि केही काम बाँकी छ”– उहाँले भन्नुभयो ।

मौसमले साथ दिए दुई दिनमा बाँकी सबै सडकमा अस्थायी कालोपत्र गरिने निर्देशनालयले जनाएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र स्थानीय तहले पुर्नुपर्ने सडकका खाल्डाखुल्डीको काम पनि धेरै सम्पन्न भएको जनाइएको छ । 


काठमाडौं, साउन १४ गते । रातो तारा डट कम,
आमरण अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा व्यापक प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले डा. केसीको अनसन,माफियालाई टेन्सन,माफियाहरुले देश घेर्दै, ६०१ ले के हेर्दै छन ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

अहिले स्वास्थ्य क्षेत्रका माफियाहरूले बिना पुर्वधार बिराटनगर काठमाडौ लगाएतका शहरमा घुष खुवाएर स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई, टिनको छाप्रो बनाएर बिना पुर्वाधार टिचिङ हस्पिटलको सुकृत लिएर ठगि गरिरहेका छन।

बिराटनगर अस्पताल प्रा. लि. (बिराट नर्सिङ होम)ले बिराटनगरको टंकिसुनुवारीमा टिनको छाप्नोमा टिचिङ
अस्पताल रिसर्च सेन्टर लेखेर ठगी गरिरहेकोछ ।

यस्तो देशभरि कतिछन, छानबिन गरेर खारेजी र कार्यवाही अगाडि बढाउन डा. केसीका आम जनसमर्थकले सरकारलाई दबाव दिइरहेका छन।  डाक्टर केसीको आन्दोलनमा अब जनताको
पनि सहभागीता रहनेछ ।


काठमाडौ साउन १४ गते । रातो तारा डट कम,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।

शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हुने गरी छाडिएको हो ।

बाह्रघण्टे अनुसन्धानका क्रममा सुवेदीले सो रकम आफ्नो भएको जिकिर गरेकाले सप्रमाण कार्यालयमा उपस्थित हुने गरी तत्कालका लागि नियन्त्रणमुक्त गरिएको आयोगको क्षेत्रीय सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

शुक्रबार सर्लाहीबाट भारतीय नं प्लेटको बोलेरो जिपमा चितवनस्थित घरतर्फ गइरहेका बेला प्रहरीले सुराकीका आधारमा जाँच गर्दा सुवेदीलाई रकमसहित चितवनबाट नियन्त्रणमा लिएको थियो । एक वर्षदेखि सुवेदी सर्लाहीको जिशिअका रुपमा कार्यरत छन् ।


जिल्ला शिक्षा कार्यलय मोरंङमा २०७४ असार मसान्तसम्ममा
भएको भ्रष्टाचारको पनि छानबिन हुनुपर्छ भन्दैछन् केही शिक्षाक अभिभावकले ।

पुराना सामान प्रयोग गरेर बनाइएको भवनको नयाँ बिल पास, शिक्षक सुबिधा र बाल बिकासहरूको सुबिधामा घोटला निजि स्कुल अनुगमन गर्ने शाखाले मनपरि गर्दा निजि स्कुलहरूले गरेको अभिभावक माथिको स्वसण गराएको घोटला, लेखाले गरेको घोटलाको छानबिन हुनुपर्छ ।


यस कार्यलय भित्रको के के हो के के ? अनियमितताको लरो तान्दा परो झर्ने जस्तो छ, जे होस जिल्ला शिक्षा कार्यलय मोरङमा अति भो छानबिन हुनुपर्छ ।

रबिन्द्र बराल-रंगेली,माेरङ, साउन १४ गते । रातो तारा डट कम, माेरङकाे रंगेली अासपासमा यस अार्थिक बर्ष२०७३/०७४ को एक वर्षमा ५२ जानकाे मृत्यु भएकोछ।
मृत्युु हुने हरुमा झुन्डिएर पुरुष ११ जाना महिला ८ जाना,पानीमा डुबेर २ जाना पुरुष १ जाना बालक र १ बालिका रहेको प्रहरीले जनाएकोछ ।

भबितव्य ज्यान गुमाउने हरुमा ५ जाना पुरुष ,४ जाना महिला र १ जाना बालक काे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बीस सेवन गरेर १ जाना पुरुष,३ जाना महिला र १ जाना बालक काे मृत्यु भएको थियाे ।

करेन्ट लागेर ३ जाना पुरुष  काे मृत्यु भएको ईलाका प्रहरी कार्यलय रंगेली ले जनाएको छ ।
अाफैले अाफुलाई  अागे लगएर १ महिला काे मृत्यु भएको
हाे । सवारी साधन काे ठक्करबाट ५ जाना पुरुष  २ जाना बालक काे मृत्युु भएको हाे ।

बेवारिसे लास एक जाना मृत्यु भएको  ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।



मोरङ, साउन १४ गते । विराटनगर १५ रानी भन्सार नाकाबाट लागुऔषधसत सहित एक जना पक्राउ परेका छन। 

भारतीय बजार जोगबनीबाट साँझ ६ बजे को ९ प १८९४ नम्बरको मोटरसाइकल चढेर  नेपालतर्फ आउदै गरेका सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने वर्ष ४७ को रविन गुरुङको साथबाट २० पिस नाइट्रोसन तथा ४ बोतल कोरेक्स बरामद भएको हो।

बरामद लागूऔषधसहित युवक र मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।


काठमाडौ, साउन १४ गते । रातो तारा डट कम,
कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ ।

तराईका २ नं प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा एवम् बाँके, दाङलगायत जिल्लामा सुक्खा भएर धान रोपाइँ हुन सकेको छैन । ती जिल्लाका समस्या समाधान गर्न जिल्ला कृषि विकास कार्यालयका प्रमुखलाई सर्वदलीय तथा सर्वपक्षीय बैठक गर्न निर्देशन दिइएको छ । जिल्ला कार्यालयलाई समस्या समाधानका उपायबारे छलफल गरी तीन दिनभित्र कार्ययोजनासहितको सुझाव कृषि विभागमार्फत मन्त्रालयमा पठाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । “सुक्खाग्रस्त क्षेत्रको यथार्थ स्थितिको अध्ययन गर्न आजको बैठकले एक समूह पनि गठन गरेको छ, मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत रवीन्द्र सुवेदीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ”, उहाँले भन्नुभयो । समूहमा कृषि प्रसार निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत बेनुप प्रसाईं, कृषि विभागका वरिष्ठ बाली संरक्षण अधिकृत यामप्रसाद पौडेल र कृषि विकास आयोजना जनकपुरका अधिकृत प्रतिनिधि सदस्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोंचसहितको रुपरेखा बनाउन पनि कार्यदल गठन गरिएको
छ । कार्यदलले जिल्ला कृषि विकास कार्यालयका प्रमुखसहित सरोकार भएका संस्थासँग समेत राय लिएर पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यदल मन्त्रालयका प्रवक्ता कार्कीको संयोजकत्वमा सात सदस्यीय गठन गरिएको छ । कार्यदलमा कृषि तथा जलस्रोत समुत्थान आयोजनाका आयोजना प्रमुख राजेन्द्र मिश्र, कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख प्रकाश सन्जेल, केन्द्रीय बीउ उत्पादन केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा महादेव पौडेल, मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत इन्द्रहरि पौडेल र मन्त्रालयका कृषि अर्थविज्ञ विकास पौडेल सदस्य हुनुहुन्छ ।

बैठकमा मन्त्री यादवले कृषियोग्य जग्गा बाँझो राख्ने प्रवृत्तिलाई अन्त्य गर्न भूउपयोगसम्बन्धी नीति ल्याइने तथा कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न सिँचाइ मन्त्रालयसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाउनुभएको मन्त्रालयका सहसचिव काशीराज दाहालले जानकारी दिनुभयो ।


काठमाडौ साउन १४ । रातो तारा डट कम,
 चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच भएको वार्ता सनिवार पुनः वार्ता गर्ने
गरी सकिएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी शनिबार पुनः वार्ता गरिने जनाएको छ ।

डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो ।

सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी आज वार्ता गरेको
हो । 



काठमाडौ,साउन १४ गते । रातो तारा डट कम,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट हिजो स्वदेश फर्केपछि सञ्चारकर्मीसँग उहाँले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताउनुभयो ।

संविधानमा आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था छ ।

अध्यक्ष ओलीले भन्नुभयो – “यो समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसद्को निर्वाचन हुनुपर्छ, दुवै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ ।”

अहिले मुलुक निर्वाचन केन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने उहाँले बताउनुभयो ।

संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारे अध्यक्ष ओलीले भन्नुभयो – “राजपाले साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नु हुँदैन ।”

उहाँले राजपासँग सम्झौता गर्ने नेपाली काँग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाउँदै “काँग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ,” भन्नुभयो ।

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोबरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा जानुभएको थियो । त्यहाँ रहँदा उहाँले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदैै अध्यक्ष ओलीले रसुवाको केरुङ् सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसबारे आफूले सरकारलाई अवगत गराउने पनि बताउनुभयो ।

अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गर्नुभएको थियो ।


उर्लाबारी-मोरङ, साउन १४ गते । रातो तारा डट कम,
पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् ।

भुटान स्वतन्त्र जनमञ्चले इमेलमार्फत प्रधानमन्त्री देउवालाई स्वदेश फर्कन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । आफूहरूले स्वदेश फर्कन चाहनेहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनमञ्चका महासचिव डिबी सुब्बाले जानकारी दिनुभयो ।

उहाँले पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारी निकायले आफूहरूको मागका सम्बन्धमा बेवास्ता गरेको आरोप लगाउनुभयो । मोरङ र झापामा रहेका शिविरमा अहिले करिब १२ हजार भुटानी शरणार्थी छन् । युरोप, अमेरिका र अष्ट्रेलियामा करिब ७० हजार भुटानी शरणार्थी गइसकेका
छन् । 


दुखद खबर-मोरङ बारका सदस्य अधिवक्ता पुरूसोत्म नेपालका पुज्जनि  पिता पार्वता कुमार नेपालको ८० वर्ष
 को उमेरमा 
साउन १३ गते आफनै घरमा निधन भएको खबरले हामी 
दुखित भएका छोै । दुखको यस घडीमा मृतकको आत्माको
चीर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारमा धैर्यधारण गर्न सकुन् भन्ने कामना गर्दछु।
तेजेन्द्र भण्डारी 
स्वतन्त्र पत्रकार 
सम्पादक 
www.ratotara.com
रातो तारा डट कम
परिवार 







अमृत बास्तोला,तेह्रथुम,साउन १३ गते । रातो तारा डट कम,
तेह्रथुमको म्याङलुङ्गमाआज सूचनाको हक संरक्षण,
संवद्र्धन र प्रचलन कानुन सम्बन्धी एकदिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगलाई वृद्धि गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सूचना शक्तिको श्रोत भएकाले सूचना सन्चय गरेर राख्ने अनि आफु शक्तिशाली बन्ने कारणले सूचनाको हकको कार्यान्वयन हुन नसकिरहेको धारणा राख्नुभयो ।

उहाँले दुर्गमका नागरिकले सूचनाको अधिकार बारे थाहा नै नपाएको बताउनुभयो । सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष भन्दै प्रजिअ खनालले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पु¥याइनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष मेहन्द्रप्रसाद कालेले जिल्लाका सरकारी कार्यालयमा सूचना अधिकारी छ भन्ने नै नागरिकलाई थाहा नहुने गरेको बताउनुभयो ।

उहाँले सूचना अधिकारीको तस्विरसहितको विवरण सार्वजनिक स्थलमा राख्नुपर्ने व्यवस्था भएपनि जिल्लामा त्यसको अभ्यास हुन नसकेको बताउनुभयो । कार्यक्रममा सहभागीले सूचनाको हकका सम्बन्धमा सूचनाको हकको कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै सन्चार क्षेत्र र राज्यले यसको कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति मार्फत राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा पत्रकार महासंघ तेह्रथुम शाखाले आयोजना गरेको हो । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरु, सूचना अधिकारकर्मीहरु र सन्चारकर्मीहरु सहभागी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयप्रकाश बस्नेतले सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलनका सम्बन्धमा सहजीकरण गर्नुभयो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी खनालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सुनसरी, साउन १३ गते। रातो तारा डट कम,सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई
 हि बिहान प्रहरीले पक्राउ गरेको छ।

दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

पन्ध्र दिनकोलागी नेपाल घुम्न आएकी खालिदले बेलुका सुत्ने बेलामा चिया पिउन भनि चियामा  लठ्याउने औषधी प्रयोग गरी रातको समयमा चोरी गरी फरार भएकी थिईन्।

 पक्राउ परेकी खालिदको साथबाट चोरी भएको मोबायल ३ थान, १ तोला सुन, चाँदी २० तोला , नगद ७ हजार ५ सय रुपैँया फेलापारी बरामद गरेको छ।

घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ईटहरी र सिआरभी बसपार्कबाट खटिएको टोलीले खालिदलाई ईटहरी ६ स्थित बिरेन्द्र चौकबाट पक्राउ गरेको हो।

पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ।


विराटनगर,साउन १३ गते । रातो तारा डट कम,बिश्व बैंकको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले पूर्वाञ्चलमा कृषकहरुलाइ कृषि र पसुसेवामा पांचौ आहवान अन्तरगत २३१ कृषकहरुसंग सहकार्य, लगु अनुदानमा रु १० करोड ४२ लाख ५३४६१ रकम खर्च भइसकेकोछ ।

विश्व बैङ्कको रु १७ करोड ७३ लाख र नेपाल सरकारको लगानी समेत गरी रु पाँच करोड ८१ लाख ७३,५००,अनुदानस्वरुपको रकम वितरण भइसकेको
 (प्याक्ट) कार्यलय बिराटनगरले जानकारी गराएको छ ।

कृषि बिकास मन्त्रालय व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्यक्ट)का तर्फबाट वरिष्ठ अनुगमन तथा मुल्यांकन अधिकृत भानुभक्त मैनालीले दिएको जानकारी अनुसार -
पूर्वका,सोलुखम्बु,ओखलढुङ्गा,खोटाङ,सङ्खुवासभा,इलाम,भोजपुर जिल्लामा गत चालु आर्थिक बर्षमा लघु अनुदान तथा मझौंला कार्यक्रममार्फत कृषकलाई अनुदान रकम उपलब्ध गराइ सकिएको  बताउनु भयो ।

उल्लेखित कार्यक्रम जिल्लाका कुन कुन ठाउमा सन्चालित भइरहेका छन त्यो भने खुलाउन मान्नु भएन, जे होस !   प्रतिस्पर्धात्मक पुरक अनुदानको व्यवस्थाबाट कृषक समूह सहकारी संस्था र कृषि व्यवसायीहरुलाई कृषि व्यवसायिकरणको क्षेत्रमा मापनयोग्य नतिजा ल्याउन सन्चालित आर्थिक वर्ष भित्रै २.३ प्रतिसतले प्रगति हासिल गर्न सक्षम तुल्याउने उद्देश्यले सन् २०१३ देखि सन् २०१८ सम्मका लागि यो कार्यक्रम सञ्चालनमा आउने जानकारी गराउनु भएकोछ ।

त्यसैगरी पांचौ आहवान अन्तरगत कै कृषि र पसु सेवामा नेपाल सरकारको बजेट र बिश्व बैंकको सहयोग समेतबाट रु २३ करोड १८ लाख ७५२५१ मध्येबाटै खर्च हुनेगरी बांकी काम चौथो आहवान अन्तरगत सिराह सप्तरी सुनसरी मोरग उदयपुर इाापा मा कृषि र पसु सेवा कार्यक्रमहरु भइरहेको भानुभक्त मैनालीले जानकारी गराउनु भएको छ ।

बिराटनगर साउन १३ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङको आयोजनामा भारतीय जोगवनी कस्टमका नवनियूक्त डेपुटि कमिस्नर पवन कुमारका साथ व्यापार सहजीकरणका सम्वन्धमा अस्ति ११ गते छलफल सम्पन्न भएको कुरा प्रेस बवज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

छलफलमा संगठनका अध्यक्ष्ँ मुकेश उपाध्यायले दुई देश वीचको व्यापार विस्तारमा भंसारको कार्यालयको समेत महत्वपूर्ण भूमिका हुने भएकाले यस क्षेत्रका व्यापार सहजीकरणमा सहयोग पु¥याउन नवनियूक्त डेपुटि कमिस्नरलाई आग्रह गर्नु भयो । उहा“ले विगतको असहज अवस्थामा समेत जोगवनी भंसार कार्यालयले पु¥याएको सहयोगको स¥हाना गर्दै आयात निर्यातको क्रममा भंसारसंग सम्वन्धित  कुनै समस्या आएमा संगठन समाधानका लागि सहयोग पु¥याउन सदैव तत्पर रहेको वताउनु भयो ।

छलफलमा डेपुटि कमिस्नर पवन कुमारले लिंक फेलका कारण उद्योगी-व्यवसायीले समस्या भोगिरहेको कुराबाट आफु अवगत रहेको वताउनु हुँदै प्राविधिक कारणले जोगवनी कस्टममा वारम्वार हुने लिंक फेलको समस्यालाई समाधान गर्न कस्टम प्रयासरत रहेको वताउनु भयो ।

उहा“ले आफु अघिका कमिस्नरहरुलाई कस्टमसंग सम्वधित समस्या समाधानमा संगठनले सहयोग पु¥याएको कुराबाट अवगत रहेको वताउनु हुदै आफुले पनि सोही प्रकारको सहयोग अपेक्षा गरेको वताउनु भयो ।

संगठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, राजकुमार गोल्छाले जोगवनी कस्टममा हुने लिंक फेलको कारण आयात निर्यातमा समस्या परिरहेको वताउनु हुदै उक्त समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न आग्रह गर्नु भयो ।

छलफलमा संगठनको निवर्तमान अध्यक्ष्ँ शिवशंकर अग्रवाल, राकेश सुराना, नन्दकिशोर राठी, सुवोध कोईराला, सुरेन्द्र गोल्छा, प्रतिभा रिजाल ओली लगायत जोगवनी कस्टमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





रामपुर,पाल्पा -साउन १३ गते । रातो तारा डट कम,जिल्लामा कबुलियती वन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
विपन्न वर्गका कृषकको जीवनस्तर सुधार गर्ने उद्देश्यले लागू गरिएको कबुलियती वन कार्यक्रमबाट यहाँका कृषक मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्ला वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपयोगमा ल्याउन नसकिएका वनमा आयमूलक विभिन्न खेती गर्न थालेपछि ग्रामीण भेगका कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

यहाँका कृषकले वनमाराले ढाकेको वनमा अम्रिसो, तेजपात, टिमुर रोपेर आम्दानी गर्न थालेका छन् । संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमअन्तर्गत आव २०६९÷७० देखि झिरुवासमा शुरु गरिएको कबुलियती वन तथा पशु विकास कार्यक्रम प्रभावकारी बनेपछि अहिले जिल्लाको मित्याल, जल्पा, दोभान, ठिमुरेलगायत गाउँका विपन्न वर्गका मानिसलाई प्रयोगमा आउन नसकेको वन क्षेत्रलाई उपयोग गर्न दिएर आयमूलक खेती गरिएको छ ।

प्रयोगमा आउन नसकेको र वनमाराले ढाकेको जमिनलाई जिल्ला वन कार्यालयले समूहमा विभाजन गरी ४० वर्षका लागि व्यवस्थापन र आयमूलक वनस्पति लगाउने गरी स्वामित्व हस्तान्तरण गरेको छ । लामो समयसम्मका लागि कृषकमा स्वामित्व हस्तान्तरण गरेपछि यहाँका कृषक आम्दानीका लागि अम्रिसो, तेजपात, टिमुरजस्ता वनस्पतिलाई व्यवसायीकरण गर्दै अगाडि बढेका हुन् ।

जल्पाका मोहनबहादुर रखाल वनमाराले ढाकेको र त्यसै खेर गएको ४८ हेक्टर वन क्षेत्रलाई उपयोगमा ल्याई अम्रिसो, तेजपात र टिमुरखेती गरिएको बताउनुहुन्छ । कबुलियती वन कार्यक्रम लागू गरेपछि ५६ घरपरिवार अम्रिसोखेती गरेर वार्षिक रु २० हजारदेखि रु २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् । कबुलियती वनमा गत वर्ष एक हजार अम्रिसोको कुचो बिक्री गरेका कृषकको यस वर्ष एक हजार ५०० कुचो उत्पादन गर्ने लक्ष्य छ ।

सहायक वन अधिकृत रामगणेश शाहले पाँच वर्षभित्र ४८ हेक्टर क्षेत्रफलमा आयमूलक खेती गरिने बताउनुभयो । आम्दानीको स्रोत बनेको ग्रामीण क्षेत्रबाट उत्पादित वस्तुको बजारीकरण लागि जिल्ला वन कार्यालयले समन्वय गर्ने उहाँको भनाइ छ ।


सुनसरी- धरान साउन १३ गते । रातो तारा डट कम,
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताका विषयमा परेको पछिल्लो उजुरीका आधारमा अनुसन्धान गरिरहेको आयोगले प्रतिष्ठानमा निर्माण गर्न लागिएको अर्बुद तथा मुटु उपचारसम्बन्धी भवनका लागि परार्मशदाता नियुक्ति तथा एमआरआई मेसिन खरिद प्रक्रियामा करोडौँको आर्थिक हिनामिना भएका आशंकामा छापा मारेको हो ।

प्रहरी नायब निरीक्षक रमेश बस्नेत नेतृत्वको टोलीले छापा मारेको आयोग क्षेत्रीय कार्यालयले जनाएको छ । एमआरआई मेसिन खरिदसम्बन्धमा बोलपत्र आह्वान गरिए पनि फिलिप्स कम्पनीको मात्र बोलपत्र परेको भन्दै रु १२ करोडमा पाइने १ दशमलव ५ टोस्ला मेसिन रु १६ करोडमा खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएका विषयमा कागजात नियन्त्रणमा लिइएको बुझिएको छ ।

आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माण उपकरण खरिदलगायत विषयमा आर्थिक अनियमितता भएका सम्वन्धमा बारम्बार उजुरी पर्नेगरेको र विगतका सञ्चालकले समेत यस प्रकारका आर्थिक अपचलन गर्दै आएको विषयमा पटक पटक अनुसन्धान हुँदै आएको बताउनुभयो ।

प्रतिष्ठानका सहायक रजिष्ट्रार अमित श्रीवास्तवले टोलीले मागेका हरेक कागजात प्रतिष्ठानले देखाएको र उसले आवश्यक कागजात लिएर गएको बताउनुभयो । 



रबिन्द्र बराल रंगेली-माेरङ, साउन १२ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिकाका नब निर्वाचि मेयर दिलिप बगडिया लाई बिहिवार एक कार्यक्रम बिच  सम्मान गरिएको छ ।



रंगेली मा रहेको मारवाडी सेवा समिति र मारवाडी युवा मन्चले एक कार्यक्रम गरी सम्मान गरेका हुन।
उनिहरुले रंगेली काे सभाहलमा कार्यक्रम गर्दे मेयर लाई फुलमाला र दाेसल्ला अाेडाएर सम्मान गरेका छन ।

साे कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष मंगीलाल सरावगी र मारवाडी युवा मन्चका प्रकाश चिर्निया र समितिका पदअधिकार हरुकाे उपस्थितिमा साे कार्यक्रममा गरिएको  मारवाडी युवा संगठन का केन्द्रीय सचिव मनाेज अग्रवाल का अनुसार मारवाडी समाजमा  नेपाल पहिलाे पटक  मारवाडी समुदाय बाट मियर भएका  दिलिप बगडीयालाई स्वागत तथा सम्मान गरिएको जानकारी दिनुभयो ।

 रंगेली का मारवाडि समुदायहरु पुगेर  सम्मान  कार्यक्रम गरेको र अागामी दिन हरुमा समते यस्तो कार्यक्रम जारी राख्ने राजेश गाेयानले जानकारी  दिनु भयाे ।

त्यसै गरि प्रगति शिल नगर महिला सन्जाल रंगेली पनि शुक्रबार नवनिर्वाचित मेयर, उप मियर, बडा अध्यक्ष ,वडा सदस्य हरुलाई दाेसल्लाह अाेडाएर सम्मान  तथा शुभकामना अादान प्रदान गरेकाे सन्जालकी उषा झा ठाकुर ले बताउनुभयाे ।

बिराटनगर साउन १२ गते । रातो तारा डट कम,
विराटनगरका विभिन्न कलेजमा बीबीएमा अध्यनरत विद्यार्थीहरुको आयोजनमा समाजमा व्यप्त विकृति न्युनिकरणको लागी आगामी १४ गते विराटनगरको होटल नमस्कारमा स्पिक अप कार्यक्रम आयोजना गरिने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ  ।

विराटनगरमा रहेका वि वि ए पठाई हुने ५ ओटा कलेजका विद्यार्थीहरुले सो कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइएको छ ।  समाजमा व्यप्त कुरुतिलाई नाटक, प्रेजेक्सन एनिमेसन , नेतृत्य मार्फत प्रस्तुत गर्न सक्ने महेन्द्र मोरङ कलेजमा बीबीए सिक्थ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको बताएका छन  ।

समाजमा व्याप्त दाइजो प्रथा र गर्भपतनलगायतका कुरीतिविरुद्ध सचेतना जगाउने उद्देश्यले कार्यक्रम गर्न लागी  कार्यक्रम गर्न लागीएको  महेन्द्र मोरङ क्याम्पसकी छात्रा अर्चना भटटराई जानकारी दिनुभयो । आउदो शनिबार कार्यक्रम आयोजना गरेर नाटक र कलामार्फत थप सचेतना जगाउने कार्यक्रम आयोजना गरिने सो कार्यक्रममा जानकारी गराइएको छ  ।


रबिन्द्र बराल रंगेली,माेरङ १२ गते । रातो तारा डट कम,
ईलाका प्रहरी कार्यलय रंगेलीले भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याइएको ९० हजार रुपैया बराबरको १५ बाेरा सुर्ति १ सय केजी चिनी  ७ हजार रुपैयाँ बराबरको ३५ बाेरा रासायनिक मल,८० हजार ५ सय रुपैयाँ बराबरको  घरेलुु मदिरा ३० हजार बराबरको सामान प्रहरीले पक्राउ गरेको छ। श्रावण महिनाकाे पहिलाे सातामा यति धेरै सामान पक्राउ गर्न रंगेली प्रहरी फल भएको हाे ।


भारतकाे विभिन्न सीमा नाकाका बाट नेपाल तर्फ ल्याउदै गरेकाे अबैध  सामान पक्राउ गरेकाे हाे ।
प्रहरीले अाफ्नाे क्षेत्रमा ब्यापक रुपमा बिवेश सुरक्षाकर्मी  परिचालन गरेर अबैध सामानहरु पक्राउ गर्न सफल भएको
हो ।

अन्दाजी  २ लाख ५० हजार बराबरको अबैध सामान   बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाएकाे छ ।
अार्थिक २०७३ असार देखि २०७४ श्रावण सम्मा ईलाका प्रहरी कार्यल रंगेली ले भारत बाट नेपाल भित्र्याउन लागेकाे तेल,चिनि,रासायनिक मल,भाडा,सुर्ति,लत्ताकपडा,सुन,चाँदी,र नेपाल बाट भारत तर्फ लैजादैगरेकाे गाई,गाेरु,बरामद गरि यस अार्थिक बर्षमा २४ लाख २८ हजार १ सय रुपैया बराबरकाे समान पक्राउ गरि बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिव बाबू खड्काले  जानकारी दिनु भयो ।


बिराटनगर साउन १२ गते । रातो तारा डट कम,
अमेरिकी वैज्ञानिक संस्था नासाले आगामि दिनमा विशाल शक्तिशाली सौर्य आँधीका कारण छ दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ । नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म सौर्य आंधीका कारण पृथ्वी पुरै अन्धकार हुनेछ ।

नेपाली पात्रो अनुसार श्रावन ३२ गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकारमय हुने नासाले जनाएको छ ।

विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् ।

उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदाय लाई आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त र संयम रहन पनि नासाले आग्रह गरेको छ ।
श्रोत अनलाइन बाट


काठमाडौं, साउन १२ गते । रातो तारा डट कम,नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको ‘मिलेमतो’मा विज्ञताको नाम दिएर पाईलट आङनुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलासा भएको छ ।

विज्ञ भन्दै नवौं तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएका शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज वाई १२–ई उडाउँदै आएका छन् । उनीजस्तै यही जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ।

‘निगमका उच्च अधिकारीको मिलेमतोमा शेर्पालाई तलब र उडान भत्तासहित मासिक १० लाख रुपैयाँ दिनेगरी चार वर्षका लागि नियुक्त गरिएको छ,’ निगम स्रोतले भन्यो, ‘यो निगमको नीति नियमको ठाडो उल्लंघन हो ।’

विज्ञताको नाम दिएर पाइलट शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएपछि निगमका अन्य पाइलट आक्रोसित भएको नागरिक दैनिकमा खबर छ ।

                                       (मन्त्री सीबकुमार मण्डल)

काठमाडौ, साउन १२ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)ले छजना मन्त्रीको नाम टुंगो लगाएर मन्त्री मा पठाएकोछ ।

माओवादी केन्द्र सचिवालय बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारको मन्त्री मण्डलामा हिजो देखि पठाएको पाटीले जनाएकोछ ।

राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको र केन्द्रका तर्फबाट यसअघि जेठ २४ गते तीनजना मन्त्री नियुक्त भइसकेको जनाएकोछ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसकेकाछन । 



चितवन, साउन १२ गते । रातो तारा डट कम,नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ ।

बायोइन्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको हो । पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका वातावरणविद् जनकराज पाठकले सडकको स्तरोन्नतिको काम सम्पन्न भएका ठाउँमा ९० प्रतिशत बायोइन्जिनियरिङको कार्य सम्पन्न भएको बताउनुभयो । उक्त सडकखण्डको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
बायोइन्जिनियरिङअन्तर्गत जुटका ठूलाठूला जालीलाई माटो बग्ने ठाउँमा किला ठोकेर माटो बग्न दिइँदैन । उक्त जालीको बीचबीचका प्वालमा घाँसका बिरुवा तथा बीउ रोप्ने काम भइरहेको पाठकले बताउनुभयो । उहाँका अनुसार उक्त जालीमा लगाइका बिरुवा बढ्दै जाने र बिस्तार जाली कुहिएर मलका रुपमा परिणत हुने गर्दछ । 


ललितपुर,साउन १२ गते । रातो तारा डट कम,
साझा यातायातले उपत्यका बाहिर(लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ ।

साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो । साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ । देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

साझाको पुरानै रङ्ग र सेवा हुनेछ । तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा डिलक्स र एउटा अपाङ्गता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उहाँ बताउनुहुन्छ । नयाँ रुटको टुङ्गो अहिले नै साझाले गरिसकेको छैन । उहाँले भन्नुभयो, “धेरै ठाउँबाट माग भएको छ त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।”

गत वर्ष काठमाडौँ महानगरपालिकाले रु १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो । ललितपुर महानगरपालिकाले पनि केही दिन पहिले रु एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।

विसं २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यका बाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सञ्चालनमा आएको हो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.