Websoft University

भुल्के सामुदायिक वन नजिक महिलाको सब भेटियो

 


श्याम राई, उदयपुर  गाईघाट, २० बैशाख | त्रियुगा नगरपालिका–३ भुल्केस्थीत भुल्के सामुदायिक वनको मोवाखुन खोला नजिक बिहीबार विहान एक महिलाको शब फेला परेकोछ ।

उत्तानो परेर लडिरहेको अबस्थामा अन्दाजी ५५÷६० बर्षको देखिने ति महिलाको पहिचान खुलेको छैन ।

स्थानीय रमेह निरौला बिहान बाख्रा चराउन जंङगल गएको बेला महिलाको शब देखेर प्रहरीलाई खबर गरेका थिए । स्यालले एउटा हात खाएको अबस्थामा शब देखेर प्रहरीलाई खबर गरेको उनले बताए ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली पुगेर अनुसन्धान शुरु गरेको छ । त्रियुगा नगरपालिका क्षेत्रमा केही दिन अघि २ महिला हराईरहेका थिए । हराईरहेका मध्य एउटी दलित र अर्को मगर थरको भएको खुल्न आएको छ । 

शबको हुलिया र लगाएको कपडाबाट दलित महिला नभएको आफन्तबाट जानकारी आएको छ । शब कतै मगर महिलाको हुन सक्ने अनुमान गरिएको छ । तर प्रहरीले अनुसन्धान जारी गर्दै गरेकोले अहिले सम्म केही खुलेको छैन । अहिले घट्नास्थलमा शब पहिचानको लागि मगरको आफन्तलाई ल्याउने तयारी भैरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.