Websoft University

राससका कर्मचारी मन्त्रीहरूको दबाबमा पछि पछि हिडन बाध्य



बिराटनगर, मङ्सिर १५ गते ।सूचना तथा सञ्चारमन्त्री राम कार्कीले सचिवालयको टोलीमा बसिदिनका लागि आफ्नो पार्टीनिकट पत्रकार पठाउन केही दिन अघि दबाब दिए पनि राससले रोकेको स्रोतले जानकारी दियो ।
अहिले राससका ३ पत्रकार मन्त्रीको प्रेस हेर्ने जिम्मेवारीमा छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफ्नो प्रेस सल्लाहकारमा राससका कार्यकारी सम्पादक एकराज पाठकलाई नियुक्त गरेका छन् । पाठक काजमै मन्त्रालय गएका हुन् । 
त्यस्तै स्वास्थ्यमन्त्री गगन थापा र ऊर्जामन्त्री जनार्दन शर्माले पनि प्रेसको काम राससकै पत्रकारलाई सुम्पेका छन् । थापाले जीवन भण्डारी र शर्माले रमेश लम्साललाई उक्त जिम्मेवारी दिएका हुन् । राससकै अन्य पत्रकारले समेत मन्त्रालयमा जान रुचि देखाएपछि व्यवस्थापनले रोकेको एक पत्रकारले जानकारी दिए ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार प्रदीप चापागाईंलाई प्रेस विज्ञ बनाएका छन् । त्यस्तै, पर्यटनमन्त्री जीवन शाहीले पनि रेडियो नेपालमा कार्यरत सुनील सापकोटालाई प्रेसको जिम्मेवारी दिएका छन् । 
पत्रकारहरू मन्त्रालयमा जान थालेपछि संस्थामा काम प्रभावित हुने भन्दै राससले रोकेको हो । ‘तलब संस्थाको खाने, कामचाहिँ मन्त्रीको पछि लाग्नु राम्रो होइन । सबैलाई प्रेस विज्ञ आवश्यक पनि पर्दैन । त्यसैले हामीले रोकेको हो,’ राससका एक अधिकृतले बताए । कान्तिपुर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.