Websoft University

महानगरद्वारा माछा–मासु पसलको अनुगमन


विराटनगर ।  विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।

विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । 

शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरिएको छ । टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेललगायतको सहभागिता रहेको थियो । माछा मासु पसलमा कमीकमजोरी भेटिए पहिलोपटकलाई सचेत गराएर छाड्ने यादवले बताउनुभयो ।फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उहाँकोभनाइथियो ।

अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसीको मासु नष्ट गरेको यादवले जानकारी दिनुभयो । महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरिसकेको छ । गत आर्थिक वर्ष महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो ।

 महानगर क्षेत्रभित्र करिब २ सय माछा मासु पसल सञ्चालनमा रहेका   छन् । ती मध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको शाखा प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार व्यापक रुपमा अनुगमन गरेर दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा ल्याइनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.