Websoft University

बिच सडकमा पल्टिएको सबारी साधन


श्याम राई, उदयपुर गाईघाट, २३ बैशाख | बिच सडकमा पल्टिएको सबारी साधन हटाउन ढिलाई हुदा आईतबार बिहानदेखि सिद्धिचरण राजमार्ग अबरुद्ध बनेको छ ।

कटारीदेखि घुर्मितर्फ जादै गरेको ना १क ७३२३ नम्बरको ट्रकले बोकेर लादै गरेको स्काभेटर उकालोमा अचानक गाडीबाट तल बिच सडकमा झरेपछि बिहान ७ बजेदेखि बाटो अबरुद्ध भएको कटारी नगरपालिकाका मेयर राजेश श्रेष्ठले बताए ।

उनले बढी दुर्घटना हुने कटारी नपा–११ स्थित मिचैया–कटारी–घुर्मि सडक खण्डको ठाटिभञ्याङको उकालोमा ट्रकले लोड बढी भएकोले तान्न नसक्दा दुर्घटना भएको बताए । गाडीका चालक सुशीलराज खत्री सकुशल रहेको उनले बताए । सडकको बिचमा पल्टिएको स्काभेटर अझै हटाईएको छैन जसको कारण बिहान देखि सबारी साधनको ठूलो जाम लागेको छ । गन्तब्य तर्फ हिडेको सबारी साधनबीच बाटोमा रोकिदा सयौं यात्रीहरु बिचल्लिमा परेको ब्याबसायी पबन श्रेष्ठले बताए ।

उनले कटारी–घुर्मि सडकको बाटो मर्मत सम्भार गर्न स्काभेटर लादै गरेको बताए । उकालोमा आफै गाडीबाट स्काभेटर तल सडक बिचमा खसेको बताए । तर कुनै मानबिय क्षेति भने नभएको प्रहरीले जनाएको छ । स्काभेटर हटाउने प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए । अहिले सिराहाबाट अर्को स्काभेटर मगाएको उनले बताए । अब केही समयपछि अबरुद्ध सडक खुल्ने उनले बताए ।

उक्त सडक खण्डमा सबै भन्दा बढी सडक दुर्घटना हुने गरेको छ । बाटो अलि अप्ठेरो र उकालो भएको कारण ठाटी भञ्जायङमा बढी दुर्घटना हुने गरेको स्थानीय प्रकाश रोकाले बताए ।

कटारी घुर्मि सडक आयोजना भए पनि बजेट अभाबले अहिले सम्म सडक स्तरउन्नतीको काम हुन सकेको छैन । आयोजना कार्यालय स्थापना भएको ३ बर्ष भैसक्दा समेत बजेट आएको छैन । गत बर्ष लहान सडक डिभिजनबाट केही सामान्य काम बाहेक अरु काम नभएको ईन्जिनियर नारायण थापाले बताए ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.