Websoft University

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनु भयो |

 


विराटनगर  | कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो ।

कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे ।

असअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि

विश्वासको मत लिन नसकेर पदमुक्त भएका कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट कमब्याक गरे ।

संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका थिए ।

गत मंसिरमा चुनाव भएयता कोशीमा योसहित ६ पटक सरकार हेरफेर भएको छ । यसअघि २ पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । कांग्रेसकै केदार कार्की १६८ (५) अन्तर्गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.