Websoft University

तेश्रो प्रदेश स्तरीय बृहत औधोगिक महोत्सब तथा रैथाने खाना प्रदर्शनी बुधबार गाईघाटमा सुरू


श्याम राई, उदयपुर  गाईघाट, १२ बैशाख | तेश्रो प्रदेश स्तरीय बृहत औधोगिक महोत्सब तथा रैथाने खाना प्रदर्शनी बुधबार गाईघाटमा शुरु भएको छ । ‘‘ मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपाल, उद्यम गरौं, उद्यमि बनौं, स्वदेशी बस्तुको प्रयोग गरौं । ’’ भन्न्े नाराको साथ शुरु भएको सप्ताहब्यापी उक्त कार्यक्रमको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले उद्घाटन गरेका छन् । मन्त्री खत्रीले कृषिमा आधारीत मझौला उद्योग स्थापनामा बढी जोड् दिनु पर्ने बताएका छन् । अहिले अर्बौ रुपैयाको तरकारी बिदेशबाट आयात भैरहेको परिप्रेक्षयमा हामीले स्वदेश मै तरकारी उत्पादनलाई बढाब दिनु पर्ने उनले बताए । उनले अब बजेट बनाउदा कृषि क्षेत्रलाई बढि प्राथमिकता दिएर बजेट बनाउनु पर्ने बताए ।

कोशी प्रदेश सरकारले कोदो मात्र नभई स्थानीय स्तरमा उत्पादन हुने शुन्तला, आँप, स्याउ जस्ता फलफूलबाट घरेलु मदिरा उत्पादनगरि ब्रान्डिङ गर्ने तयारी गरिरहेको बताए । अबको २ बर्ष भित्र सबै प्रकृया पूरा भएर कार्यान्वयन हुने उनले बताए ।

उनले प्रदेश सरकारले धेरै काम गर्न अग्रसर देखाएको भए पनि संघबाट अधिकार दिन कन्जुस्याई गरेकोले प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको बताए ।

जिल्ला घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा भएको उक्त प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाबाट उत्पादित उद्योग, शैक्षिक, वन, कृषि लगायत बस्तुहरु प्रदर्शनीमा राखिएको महासंघका अध्यक्ष मधुकर थापाले बताए ।

स्थानीय उत्पादनको प्रबद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्न उदेश्य सहित एक साता सम्म चल्ने महोत्सबमा साना उद्योगबाट उत्पादित बस्तु, कृषि, वन जडिबुटी, पर्यटन, हस्तकला, विज्ञान तथा प्रबिधि, सूचना संचार, साहित्य कला संस्कृती र रैथाने खानाको परिकारको ईस्टल रहेको अध्यक्ष थापाले बताए ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.