Websoft University

धनकुटाको हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, मेयर तामाङद्वारा शिलान्यास


धनकुटा, ६ बैशाख । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो ।

मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको   हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे । ‘१५ महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, आकर्षक बाटो बन्नेछ,’ मेयर तामाङले भने, ‘भीरगाउँबासीले अब नगरवासी भएको महसुस गर्नुहुनेछ ।’

 ७.१ किलोमिटर लामो सो सडक विश्व बैंकको सहयोगमा ३२ करोड ७२ लाख ३ हजार ७१८ रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो । १५ महिना अर्थात आर्थिक वर्ष २०८२÷०८३ मा काम सक्ने गरी आशिष आशीर्वाद स्वामिनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ ।

 तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत बताउँछन् । सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भीरगाउँवासी हर्षित भएका छन् । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.