Websoft University

काभ्रेका १ सय ४ भूमिहिनलाई जग्गा


काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,काभे्रका भूमिहिन भूकम्प पीडितलाई घर निर्माण गर्नका लागि जग्गा दिने निर्णय गरिएको छ । राष्ट्रिय पुनः र्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली)ले काभ्रेका १ सय ४ भूमिहिन भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि जग्गा दिने निर्णय गरेको जनाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली)का प्रमुख सागर आचार्यले एक सय चार घर परिवारलाई भूकम्प प्रतिरोध घर निर्माण गर्नका लागि जग्गा उपलब्ध गर्ने निर्णय गरेको बताउनुभयो । संघीय सांसद गंगाबहादुर दोङ तामाङको संयोजकत्वमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बैठकले एक सय चार जनालाई जग्गा उपलब्ध गराउने निर्णय गरेको आचार्यले बताउनु
भयो । 
उहाँले पहिलादेखि बस्दै आएको घर भएकै जग्गामा घर बनाई भोगचलन गर्न पाउने गरी निर्णय गरिएको बताउनुभयो । त्यसरी पहिला कै ठाउँमा घर निर्माण गर्न पाउने घर परिवारहरुमा धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका र पनौती नगरपालिकाका गरी एक सय चार जना घर परिवार रहेका छन् । 

त्यस्तै भूमिहिन २२ घर धुरीलाई जग्गा खरिदका लागि नगद दुई लाख उपलब्ध गराइएको जिमाली काभे्रले जनाएको छ । धुलिखेल नगरपालिकामा र पाँचखाल नगरपालिकाका पाँच÷पाँच घरधुरी, मण्डनदेउपुर नगरपालिकामा र तेमाल गाउँपालिकाका दुई÷दुई घरधुरी र रोसी गाउँपालिका, चौरीदेउराली गाउँपालिका,  र भुम्लु गाउँपालिकाका एक÷एक घरधुरीले उक्त रकम पाएका हुन । अन्य पाँच घर परिवारले भने जग्गा खरिद गर्न ठाउँ नमिलेको भन्दै रकम लैजान ढिलाई गरेको जिमाली काभे्रले जनाएको छ ।

 त्यसैगरी भूमिहिन भनेर निवेदन सहितको विवरण पेश गर्न आउने अन्य ७० जना घर परिवारको पनि विवरण केन्द्रमा पठाईसकेको र त्यहाँबाट निर्णय भएर आएपछि प्राप्त विवरणको आधारमा वितरण गर्ने कार्यालयका प्रमुख आचार्यले बताउनुभयो ।  जिल्लामा २ सय ५० भन्दा बढी संख्यामा भूमिहनि रहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.