Websoft University

अर्गानिक तरकारीले बजार नपाएकोमा किसानको गूनासो



काठमाण्डौ भाद्र ७ गते । रातो तारा डट कम,पर्वतको कुश्मामा विषादी प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गरिएको तरकारी विक्री नभएको किसानहरुले गुनासो गर्न थालेका छन् । विषादीको असरका बारेमा उपभोक्ताहरु जानकार नभएका कारण विषादी रहित तरकारीले बजार नपाएको किसानहरुले गूनासो गरेका 
हुन् । 

कुश्मा नगरपालिका ७ का अम्बिका शर्मा पौडेलले गाईको गहुँत र गोबर प्रयोग गरेर नै तरकारी फलाउँदै आउनुभएको छ । उहाँले तरकारीमा विषादी प्रयोग नगरेपनि उपभोक्ताहरु विषादीयुक्त र विषादी रहित तरकारीको बारेमा जानकार नहुँदा बजारमा भने उत्पादन विक्री नभएको उहाँको भनाई छ । 

विषादीको प्रयोग नगरेको तरकारी बाँगो टिंगो, पुष्ट नभएको र आकर्षक नदेखिने भएकाले उपभोक्ताहरु  खरिद गर्न नमानेको किसानहरु बताउँछन् । व्यवसायिक तरकारी उत्पादन गर्दै आएका किसानहरु बिचौलियाले स्थानीय उत्पादन भन्दा भारतीय  तरकारी विक्री गर्न बढि जोड दिने गरेको र आफ्नो उत्पादन विक्रि नभएको गूनासो गर्छन् । 

विषादीयुक्त तरकारीले स्वास्थ्यमा पु¥याउने हानी नोक्सानीका बारेमा जानकारी नहुँदा किसानहरु महंगो मूल्यमा हानीकारक बिषादीयुक्त तरकारी खाईरहेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.