Websoft University

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु १ घाइते


धनकुटा, मोरङ फाल्गुन १३ गते । रातो तारा डट कम,प्रदेश नम्बर १ को धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

धनकुटाको महालक्ष्मी नगरपालिका-८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर  फर्काउने क्रममा अनियन्त्रित भई  सडक देखी अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका-८ बस्ने बर्ष २७ को बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार बर्ष ११ को अनिल मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने बर्ष ३८ को छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिधुवा पठाईएको छ । 

त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ । बेलुका ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थान बस्ने वर्ष ३२ की माया तामाङलाई ट्याक्टरले टाउकोमा किचेको थियो । 

दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । घटनास्थलमा मधुमल्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल उर्लावारी पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.