Websoft University

स्वास्थ्य चौकी भबन पुननिर्माण नहुदा खण्डहर परिणत हुन थाल्यो


गाईघाट,जेठ १५ गते । रातो तारा डट कम,
सशस्त्र द्धन्द्धको बेला बिद्रोही माओदाबीले बम बिष्फोट गराएर ध्वस्त बनाएको उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीस्थित स्वास्थ्य चौकी भबन पुननिर्माण नहुदा खण्डहर रुपमा परिणत बनेको छ ।

एसियाली बिकास बैकको आर्थिक सहयोगमा १ करोड ५० लाख रुपैया खर्चेर बनाएको आधुनिक प्रबिधिको उक्त स्वास्थ्य चौकी भबनमा माओबादीको सशस्त्र समुहले २०६० साल असोज ६ गते दिउसो ३ बजे बम बिष्फोट गराएर ध्वस्त बनाएकोे थियो ।

बम बिष्फोटबाट ढुंगाको गाह्रोले बनेको दुईवटा पक्की भवन ध्वस्त हुनूको साथै कार्यालयमा  रहेको स्टील फर्निचर औषधी र खोप लगायतका सामाग्री नष्ट भएका थिए । माओबादीले उक्त भवनमा नेपाली सेनाको क्याम्प बस्ने आसंकामा ध्वस्त बनाएको थियो । अग्लो स्थानमा रहेको गढीमा केही हप्तादेखि सेनाले तीब्र रुपमा गतिबिध बढाए पछि माओबादीले सेना बस्ने आशंका थियो ।

द्धन्द कालमा उदयपुर दर्जनौ प्रहरी चौकी बनको भबन माओबादीले ध्वस्त बनाएको थियो । माओबादीले ध्वस्त बनाएको सबै जसो सरकारी भबन पुननिर्माण भएपनि गढीस्थित स्वास्थ्य चौकी भवनको यतिका बर्ष भईसक्दा  पनि पुन निर्माण हुन सकेको छैन ।

उदपयपुरको बिकट पहाडी  भेगमा बनेको सरकारी भवनमध्ये गढीको स्वास्थ्य चौकी भवन निकै आकर्षक र महङगो लागतमा बनेको थियो । तर उक्त भबनलाई पुननिर्माण गर्ने तर्फ सरकारी निकायले कुनै चासो नराखेको उदयपुरगढी गाउँपालिका समाजसेवी सुवाष खतिवडाले बताए ।
उनले सरकारी  बेवास्ताको कारण ध्वस्त बनेको स्वास्थ्य चौकीको पुःननिर्माण हुन नसकेको बताए ।

 माओबादीले स्वास्थ्य चौकी भवनमा गरेको बम बिष्फोटका घटनाले त्यसबेला  लगतै  सर्बत्र चर्चा पाएको थियो । उक्त घटना लगतै भोलीपल्ट राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष सहितका टोलीले स्थलगत निरीक्षण समेत गरेका थिए । घटना सबैतिर निन्दा हुन थाले पछि माओबाादीले आफुले भूलबस गल्ती गरेकाो स्वीकार गरेको थियो ।

स्वास्थ्य चौकीले त्यसबेला भबन बाहेक झण्डै ५० लाख बराबरको औषधी ,फर्निचर र खोप सामाग्री जलेर नष्ट भएको आयोग समक्ष अबगत गराएको थियाो ।
मुलुकमा राजतन्त्रको अन्तपछि गणतन्त्र स्थापनापछि उक्त भवनलाई प्रहरीले चौकी बनाएर बसेको थियो । तर २०७२ सालको भुकम्पपछि प्रहरी चौकी त्यहाबाट हटेर अन्यत्र सरेपछि उक्त भवन प्रयोेग बिहीन बन्न पुगेको थियो ।

हामीले भबन नभएर जेहेन तेहन बस्ने ब्यबस्था मिलाएर केही बर्ष चौकी राखेका थियौ । तत्कालीन चौकी इन्चार्ज असई ईन्द्र श्रेष्ठले भने– “ आधा भन्दा बढी चर्किएको भबनमा कुनै बिकल्प नभएर बस्न बाध्य थियौ । तर भूकम्पले फेरि भबनलाई केही क्षति पुर्याएपछि  ठाउँ नै छाडेर हिड्नु पर्यो ” उनले भने । प्रहरी हिडेपछि उक्त भबन खण्डहर बनेको असई असई श्रेष्ठले बताए ।

यसरी भएको थियो माओबादी आक्रमण
खोप कार्यक्रम चलिरहेको बेला दिउसो ३ बजे १ सयभन्दा बढी माओबादी कार्यकर्ताहरुले स्वास्थ्य चौकी भबनलाई घेरा हाले । खोप लगाउन आएका स्थानीय माओबादीले घेरा हालेको देखेर भागाभाग गर्नथाले । त्यस घटनाको प्रत्यक्षदर्शी पुष्प  गुराँगाईले माआबादीले सबै कर्मचारीलाई बाहिर निकालेर एकै पटक भबन भित्र बम हान्न थालको बताए । बमको आबाजले जमीन कााप्न थाल्यो ।

 स्थानीयहरुमा कोलाहल फैलन थाल्यो । वरीपरी बस्तीका मान्छेहरु घरभित्र लुक्न थाले । एकै छिनमा गढीको अबस्था भयाबह बन्न पुग्यो । माओबादीले ध्वस्त बनेको भबनभित्र पसि त्यहा रहेको स्टील फर्निचर खोप सामाग्री र औषधीमा पेट्रोल छर्किएर सबै नष्ट  बनाए । तत्कालीन स्वास्थ्य चौकीका इन्चार्ज भूपनारायण चौधरीले भने ।
सबै नष्ट गरिसकेपछि माओबादीहरु नारा लगाउदै उत्तरतर्फ लागे । त्यस घटनाले पुरै गाउ धेरै समयसम्म  आतंकीत बनि रह्रयो । स्वाास्थ्यका कर्मचारी सबै भागेर सदरमुकाम आएको जनस्वास्थ्य कार्यालय उदयपुरको पूर्व कर्मचारी धनिक लाल यादबले भने । उक्त घटनाको केही हप्ताापछि सेनाले मेजरको कमाण्डमा गढीमा बेस क्याम्प राख्यो । सेनाको उपस्थितीपछि बिस्ताारै गढीको अबस्था सामान्य बन्दै गयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.