Websoft University

न्युरोले बिश्व छारे रोग दिवश मनायो

विराटनगर,चैत १३ गते । रातो तारा डट कम,विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा. लि. विश्व छारे रोग दिवश विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

अस्पतालले विभिन्न जनचेतना मूलक कार्यक्रम आयोजना गरी विश्व छारे रोग दिवस मनाएको हो । छारे रोग दिवसको अवसरमा विभिन्न प्लेकार्ड, व्यानर सहितको जनचेतनामूलक प्रभातफेरी कार्यक्रम विराटनगरमा गरियो । प्रभातफेरी कार्यक्रममा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्टको नेतृत्वमा वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंहलगायत विभिन्न चिकित्सकहरु, नर्सिङ, स्टाफहरु,अन्य कर्मचारीहरुको उपस्थीति रह्यो । न्यूरो अस्पतालबाट शूरु भएको प्रभातफेरी विराटनगर महानगरपालिका परिक्रया ग¥यो ।

सो अवसरमा छारे रोग प्रति व्याप्त भ्रम तथा अन्धविश्वास विरुद्ध कलेज स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरियो । त्यस्तै निःशुल्क परामर्श सेवा प्रदान गर्नुको साथै विभिन्न जाँचमा २५५ छुट तथा एक महिनाको निःशुल्क औषधी प्रदान गरिएको अस्पताले जनाएको छ । कार्यक्रममा ४१ जना छारे रोगका बिरामीहरुले स्वास्थ्य लाभ लिएका थिए । न्यूरो हस्पिटलले जनचेतना सम्बन्धि विभिन्न कार्यक्रममा आगमी दिनमा समेत गर्दै जाने अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.