Websoft University

दहचोकमा, नागढुंगा सुरुङमार्गको शिलान्यास


काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । चन्द्रागिरी नगरपालिका १ दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गर्नुभएको हो । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिइएको छ । 

सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यो संगै सरकार एक कदम अगाडी बढेको र नयाँ युगको सुरुवात भएको टिप्पणी गर्नुभयो । सुरुङ मार्गको काम ४२ महिनामा सकिने भनिएको भएपनि अझै छिटो गर्न कम्पनिलाइ आग्रह गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले सरकारले बिकास निर्माणको कामलाइ प्राथामिकता दिएको भन्दै पुर्वपश्चिम राजमार्गको चौडाइ बढाउने काम पनि चलिरहेको जानकारी दिनुभयो । यसैबर्ष १६ सय किलोमिटर सडक कालोपत्रे गरेको प्रधानमन्त्रीको दाबी थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.