Websoft University

ठगी गर्ने पक्राउ


मोहन कुमार राई÷कार्तिक ५ गते । रातो तारा डट कम, संखुवासभा÷नेपाली सेनामा भर्ना गराइदिने भन्दै ठगी गर्ने राजकुमार राई पक्राउ परका छन् । बराहदल गुल्म खाँदवारी व्यारेक संखुवासभामा गत श्रावण !६ गतेदेखि भाद्र २३ गतेसम्म आवेदन फारम दर्ता कार्य सञ्चालन भई आवेदन फारम भरेका दर्ता नंं ७२६८ का सैन्य पदका उमेदवार सँग सेनामा भर्ना गराईदिने भन्दै राईले रुपैया ! 

लाख २० हजार मागेकोमा ८० हजारमा सहमति भएपछि रुपैया ५० हजार लेनदेन कारोवार समेत गरी ठगी गरेको भन्ने बराहदल गुल्म खाँदबारी व्यारेक संखुवासभाको सूचनाको आधारमा चिचिला गाउँपालिका वडा नंं १ वस्ने राजु भन्ने राजकुमार राईलाई नियन्त्रणमा लिई निजको साथमा रहेको नेपाली रुपैया ५८ हजार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पक्राउ परेका राईलाई जिल्ला अदालत संखुवासभाको म्याद थप गर्ने अनुमति लिई थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.