Websoft University

शुगममा व्यक्तिगत घटना दर्ता अनलाईनबाटै, भइरहे पनि दुर्गममा भने शुरु भएन



काठमाण्डौ कार्तिक ७ गते । रातो ताराडट कम,मुलुकभरका ६ हजार सात सय ४३ वडा मध्येबाट अनलाइन सूचना प्रणाली मार्फत् व्यक्तिगत घटना दर्ता गर्ने वडाको संख्या दुई हजार पाँच सय ९ पुगेको छ । अहिलेसम्म अनलाइन सूचना प्रणालीबाट नौ लाख ७४ हजार तीन सय ८४ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । 

रुपन्देहीको ओमसतिया गाउँपालिकाले दुई वटा वडामा गत आर्थिक वर्षबाट व्यक्तिगत घटना दर्ता, अनलाइन मार्फत् सुरु गरेको छ । त्यसको केही सयममा नै गाउँपालिकाका ६ वटै वडामा अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता भइरहेको गाउँपालिकाका सूचना अधिकारी शंकर पाठकले बताउनुभयो । ओमसतीय गाउँपालिमा अनलाइन सुरु भएको पहिलो वर्षमै एक हजार एक सय ७९ जनाले  व्यक्तिगत घटना दर्ता गराएका छन् ।

बाँकेको कोहलपुर नगरपालिकाले पनि गत वर्षबाटै अनलाइन प्रणाली मार्फत् व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । तर गाउँपालिकामा फाराम भर्नका लागि वडा कार्यालयमानै पुग्नुपर्ने अवस्था छ । विद्युत तथा इन्टरनेट सेवा नपुगेका थुप्रै स्थानीय तहले अनलाइनबाटै व्यक्तिगत घटना दर्ताको तयारी समेत सुरु गर्न नसकेको डोल्पाको शे–फोक्सुुण्डो गाउँपालिकाका उपाध्यक्ष ढावा सन्डुक गुरुङको भनाई छ । 

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार पाँच लाख १० हजार चार सय ८९ जनाले जन्म दर्ता, एक लाख १४ हजार ६ सय ९४ जनाले बसाई सराई, दुई लाख २२ हजार पाँच सय ३६ जनाले विवाह दर्ता गराएका छन् । यस्तै पाँच हजार तीन सय ५६ जनाले सम्बन्धविच्छेद र एक लाख २१ हजार तीन सय आठ जनाले मृत्यु दर्ता गराएका
छन् । विभागका निर्देशक एवम सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

व्यक्तिगत घटना दर्ता ऐन २०३३ आइसकेपछि मात्र नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली २०३४ सालदेखि शुरु भएको थियो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाटै भर्ने व्यवस्था सुरु गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.