Websoft University

सयकडा दश को प्रचार गर्न मनोज गजुरेल पूर्वमा


शिव भट्टराई इटहरी माघ १५ गते । रातो तारा डट कम,
हस्यकलाकार मनोज गजुरेलले अभिनय गरेको पहिलो चलचित्र ‘सयकडा दश’को प्रचार गर्न चलचित्र टोलि पूर्व आएको छ ।

भ्रष्टाचार विरुद्धको चलचित्र भनेर प्रचार गरिएको सयकडा दशका निर्देशक रामशरण पाठक, अभिनेता मनोज गजुरेलसँगै अभिनेता अमृत ढुंगाना पनि फिल्मको प्रबर्धनमा पूर्वमा छन् । मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भए पछी मनोज गजुरेल पनी प्रचार प्रसारको क्रममा पुर्व आएका हुन ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी हास्य कलाकार गजुरेलले भष्टाचारको बिरुद्ध पे्रम र सकरात्मक सन्देश दिनको लागी आफुले चलचित्रमा अभिनय गरेको बताए । समाजलाई सदाचारी बनाउन सय कडा दश ले सहयोग गर्ने गजुरेलले विश्वास व्यक्त गरे । गजुरेलले चलचित्र हेर्ने दर्शकहरुले मनोरञ्जन लिने मात्र होइन चलचित्र हेरेर पनी भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बन्न सक्ने बताएका छन । निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए ।

चलचित्रमा हास्य अभिनेता मनोज गजुरेल सँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने ले अभिनय गरेका छन । चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.