Websoft University

रेग्मिटार दुबै तर्फ एकै साथ तीब्र रुपमा सडक निर्माण हुँदै,

श्याम राई-उदयपुर,रेग्मिटार-खोटाङ,माघ १७ गते । रातो तारा डट कम, दुबै तर्फ एकै साथ तीब्र रुपमा सडक निर्माणको काम भैरहेको भए पनि सुनकोसीमा पक्कि पुल निर्माण ढिलाई हुदा सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकले पूर्णता पाउन अझै केही दशक लाग्ने संभावना रहेको छ ।
निर्माण शुरु भएको पाँच वर्ष भित्र पूरागरि सक्ने लक्ष्य रहेको भएपनि उक्त सडक निर्माण शुरु भएको झण्डै अढाई दशक भैसक्दा पनि आयोजनाको ६० प्रतिशत मात्र काम सकिएको छ ।
उदयपुर र खोटाङं जिल्ला दुबै तर्फ अहिले तिब्र रुप्मा सडक खन्ने, ग्राभेल गर्ने, पक्कि नाला र ठाउँठाउँमा कालो पत्रे गर्ने काम भैरहेको छ । तर उदयपुर र खोटाङंको सिमानामा रहेको सुनकोसीमा पक्कि पुल निर्माणमा ढिलाई हुदा योजनाको काम प्रभावित बन्न पुगेको छ ।

बाटो निर्माणको लागि चाहिने निर्माण सामाग्री ढुवानीमा वर्षेनी समस्या हुदै आएकोले सडक निर्माणको काम अवरोध हुने गरेको छ । पुल नभएकै कारण ७ महिना जती निर्माणको काम पुरै बन्द हुने गरेको बाटो निर्माणमा संलग्न मैनाचुली खाम्पाचो÷जयनारायण पवन जेभीका प्रोजेक्ट ईन्जिनियर विश्व लिम्बुले बताए ।

‘ पुल नहुदा हामीले पूर्ण गतिमा काम गर्न पाएका छैनौ । वर्षमा ५ महिना जति मात्र काम गर्न पाएका छौ ।’ उनले भने,‘ यस महिना निर्माण सामाग्री ढुवानी गर्न समस्या हुने हुदा काम खासै हुदैन ।’

‘सुनकोसीमा पक्कि पुल नबनेसम्म सडक निर्माणले गती लिन सक्दैन ।’ उनले भने । सुनकोसीमा पुल नहुदा बेलिब्रिजको भर पर्नु परेको छ । तर बेलिब्रिजको समेत कुनै भर  नभएको लिम्बुले बताए । जडान गर्दै खोल्दै गर्नु पर्ने भएकोले जेष्ठ, असार देखि बेलिब्रिज कासीबाट निकालिन्छ । त्यस बेला ढुवानी पूरै ठप्प हुने गरेको छ । सडक निर्माणमा प्रयोग निर्माण सामाग्री कोसी पारी उदयपुरबाट ल्याउने गरिन्छ ।

गाईघाट– दिक्तेल सडक खण्डको १ सय ३१ किलोमिटर मध्ये झण्डै १ सय किलोमिटरमा ठेक्का लागेको योजनाका ईन्जिनियर निज्जल श्रेष्ठले बताए । आगामी ०७७ सालसम्म काम सक्नेगरि टेण्डर लगाएको भएपनि उक्त अवधिमा काम पूरा हुने संभावना कम छ ।

गौरी पार्वती निर्माण कम्पनीले सुनकोसीमा पुल निर्माणको काम पाएको भएपनि उस्ले अझै काम शुरु गरेको छैन । गत वर्ष चैत मै सक्नु पर्नेगरि उक्त कम्पनीले पुल बनाउने जिम्मा पाएको थियो । तर उस्ले काम अझै शुरु नगर्दा सडक योजनाको काममा ढिलाई भएको प्रोजेक्ट ईन्जिनियर लिम्बुले बताए ।

‘ बाटो बनाउने र पुल निर्माण गर्ने छुट्टा छुट्टै ठेकेदार कम्पनी हुदा काम गर्न गाह्रो भएको छ ।’ उनले भने । एउटै कम्पनीले दुबै काम गर्न पाएको भए सडक निर्माणले गति लिन सक्ने उनले बताए । पुल निर्माणमा ढिलाई हुदा सडक निर्माणको काम प्रभावित बन्न पुगेको उनले बताए ।

कोसी पारी तर्फ खोटाङको फोक्सिनटारदेखि खाम्तेल सिम्पानी खण्डको २६ किलोमिटर सडक खण्डमा अहिले तिब्र रुपमा काम भैईरहे पनि बाकी रहेको साउने, फोक्सिनटार र खाम्तेल महुरे सडक खण्डमा खासै काम भएको छैन ।
फोक्सिनटारदेखि खाम्तेल सम्म २६ किलोमिटर सडक खण्डमा ७० प्रतिशत काम सम्पन्न भई सवग्रेड निर्माणको काम भईरहेको छ ।

भौगोलिक विकटताको कारण अहिले काम गर्न कठिनाई छ । तर काम द्रुत गतिमा भैरहेको छ । काममा ठूलै समस्या आएन भने काम तोकिएकै समयमा पूरा हुने ईन्जिनियर लिम्बुले बताए ।

गाईघाट–दिक्तेल सडक योजनाका प्रोजेक्ट ईन्जिनियर श्रेष्ठले निर्धारीत समयमा काम सम्पन्न गर्न नसकिने बताए । विभिन्न प्याकेजमा काम भैरहेको छ । तर भौगोलिक कठिनाई, प्राकृतीक प्रकोपले गर्दा गत वर्ष लक्ष्य अनुरुप काम हुन नसकेको उनले बताए ।

वि.स. २०५१ सालमा निर्माण शुरु गरिएको उक्त सडक खण्डको २५ वर्षको अवधिमा ट्रयाक खोल्ने ग्राभेल गर्ने र केही भागमा कालो पत्रे गर्ने मात्र काम भएको छ । सगरमाथा राजमार्ग नामाकरण गरिएको यो सडक समयमानै संचालन हुने हो भने खोटाङंका बासिन्दालाई तराई जाने सबै भन्दा छोटो मार्ग हुने छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.