Websoft University

धरान–चतरा–गाईघाट– हेटौडा सडक निमार्णको काम रोकियो


श्याम राई-उदयपुर-गाईघाट असार १२ गते । रातो तारा डट कम,द्रृत गतिमा बन्दै गरेको धरान–चतरा–गाईघाट– हेटौडा सडकको काम रोकिएको छ । निर्माण सामाग्रीको अभाबमा निर्माण कम्पनीले दुई दिनदेखि निर्माणका सबै कामहरु रोकेको हो ।

सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिए पनि आवश्यक ढुंगा, गिटी र बालुवा ग्राभेल प्रयोगमा रोक लगाएपछि काम प्रभावित भएको हो ।
३ वर्ष भित्र पूरा गरिसक्नेगरि उक्त आयोजनाको काम निकै दृ्रत गतिमा हुँदै आएको थियो । तर निर्माण सामाग्रीको अवरोधले निर्धारीत समयमा आयोजनाले काम पूरा हुन नसक्ने सम्बद्ध कम्पनीले जनाएको छ ।

झण्डै आधा अवधि सकिएको छ । गत वर्ष पनि निर्माण सामाग्री अभाबले केही समय निर्माणको काम रोकिएको
थियो । निर्माणमा संलग्न ठेकेदार कम्पनी जेडआईसी लामा एण्ड शर्मा जोईन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए ।

अबको डेढ वर्ष भित्र कालो पत्रे गरि सक्नु पर्छ । तर अहिले पनि धेरै ठाउँमा ग्राभेल गर्न बाकी छ ।’ उनले भने । ढुंगा गिटी र बालुवाको अभाब नहुने हो । भने चार पाँच महिना भित्र ग्राभेलको काम पूरा हुन्छ ।’ पोखरेलले भने । तर अहिले तिनै सामानको अभाबले काम हुन सकेको छैन ।

बाटो निर्माणको लागि आवश्यक नदी जन्य पदार्थ उत्खनन तथा ओसार पोसारमा जिल्ला समन्वय समिति प्रहरी प्रशासनले असारको पहिलो सातादेखि रोक लगाएको छ । तिनै निकायले लगाएको रोकको कारण निर्माण कम्पनीले खोला, नाला बाट सामाग्री उत्खनन तथा ओसार पोसार गर्न पाएको छैन ।

राष्ट्रि गौरबको आयोजनाको काम प्रभावित नहोस भनेर खोला नदीबाट चौविसै घण्टा निर्माण सामाग्री निकाल्न स्थानीय तहबाट कुनै रोकटोक नलगाएको भएपछि  जिल्ला समन्वय समितिले गरेको पत्राचारको आधारमा प्रहरी प्रशासनले ढुंगा, गिटी र बालुवा निकासी रोक्दा समस्या भएको प्रोजेक्ट म्यानेजर पोखरेलले भने ।

उक्त आयोजनाको काम प्रभावित नहोस भनेर त्रियुगा नगरपालिकाले पहिल्यै बाताबरणीय मूल्याकंन भएको खोला नालाबाट निर्माण सामाग्री निकाल्न दिने निर्णय गरेपछि प्रशासनले निकाल्न अनुमती दिएको छैन ।
सरकारले संरक्षित क्षेत्र(चुरे क्षेत्र) मा तिन महिना (असार, श्रावण र भदौ)  नदिजन्य पदार्थको निकासीमा रोक लागएको छ । नगरपालिकाले जिल्ला समन्वय समितिले तोकेकै दर रेटमा निकासी गर्न दिने निर्णयको प्रशासनले वेवास्था गर्दै आएको छ ।

स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाईले नदिजन्य पदार्थको प्रयोगको अधिकार स्थानीय तहलाई भएको बताए ।‘ स्थानीय तहले सरकारले तोकेको मापढण्ड भित्र रहेर मात्र निकासी र प्रयोग गर्न पाउने उनले बताए ।
निर्माधिन सडक खण्डको काम दुई खण्डमा विभाजन गरिएर भैरहेको छ । धरानदेखि सिन्धुलीको पुल सहित सडक विस्तार भैरहेको छ ।

उदयपुरको चौढण्डीगढी नगरपालिकाको बसाहा, विरेन्द्र चौकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३४ किमी खण्डको निर्माण जिम्मा जेडभाईसी लामा एण्ड शर्मा जोईन्ट भेन्चरले पाएको छ । आयोजनाको काम डेढ वर्ष अधि शुरु भएको
हो । पक्कि पुल बाहेक सडक निर्माणको लागत ३ अर्ब रुपैया रहेको छ । पुल निर्माणको ठेक्का कोभेक÷रसुवा÷टुन्दी जेभी कन्ट्रक्सनले लिएको छ । ति कम्पनीले ४३ वटा पुल ३ वर्ष भित्र निर्माणगरि सक्नु पर्ने संझौतामा उल्लेख छ ।

सवारी साधनको लागि ७ मिटर र दाया बाया सोल्जर क्षेत्र २÷२ मिटरगरि ११ मिटर सडक कालो पत्रे गरिने आयोजनाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.