Websoft University

महिलाको उद्धारका लागि व्यवस्थापन केन्द्र स्थापना

(फाएल फोटो)

नुवाकोट, कात्तिक १२ गते । रातो तारा डट कम,
महिला तथा बालबालिकामाथि हुने हिंसाबाट पीडितलाई उद्धार, उपचार र संरक्षण गर्न जिल्ला अस्पताल त्रिशूलीमा लैङिगिक हिंसा सम्बन्धी ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ ।

केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७४÷७५ मा रु नौ लाख बजेट विनियोजन गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले बताउनुभयो ।

“लैङिगिक हिंसाको रुपमा शारीरिक, यौनजन्य तथा मानसिक क्षति तथा पीडा भोगको महिला तथा बालबालिकाको समयमै उद्धार, उपचार र संरक्षणदेखि जीविकोपार्जनमा सहयोग पु¥याउन केन्द्र स्थापना गरेका छौ ।” अध्यक्ष अधिकारीले भन्नुभयो “जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह कार्यतालिका बनाएर अघि बढ्न लागिएको छ ।”

स्वास्थ्य मन्त्रालयले चालु आवदेखि नुवाकोटसहित १६ जिल्लामा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार धादिङ र रसुवालाई समेत सेवा पु¥याउन यहाँ केन्द्र स्थापना गरिएको हो । केन्द्रको सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति समेत गठन भएकाले सेवा र लक्ष्य प्रभावकारी हुने जनस्वास्थ्य प्रमुख वसन्त अधिकारीले बताउनुभयो ।

महिला तथा बालिकामाथि हुने बलात्कार, यौनजन्य दुव्र्यबहार, शारीरिक हिंसा, जबर्जस्ती विवाह, बालविवाह, सार्वजनिक सेवाको पहुँचमा असमानता, मानसिक हिंसाबाट पीडित भएका लगायतलाई सहयोग पु¥याउन केन्द्रमा प्रशासन, प्रहरी, डाक्टर, नर्सलगायत सरोकारवालाको प्रतिनिधित्व रहने व्यवस्था छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.