Websoft University

खोलामा पुल नहुँदा दशैँमा पनि गाडी चढेर यात्रा गर्न पाएनन्



तेह्रथुम असोज ९ गते । रातो तारा डट कम,
तेह्रथुमको म्याङलुङ्ग–सक्रान्तिबजार सडक खण्ड अन्तर्गत खोरुङ्गा र कोयाखोलामा पुल नहुँदा यो वर्ष दशैँमा पनि यात्रुहरुले गाडी चढेर यात्रा गर्न नपाउने भएका छन् । पुल नहुँदा हरेक वर्ष वर्षाका महिनामा यो सडक खण्डमा सवारी अवरुद्ध हुने गरेको छ ।

तर यो वर्ष भने दशैँ तिहार जस्ता महत्वपुर्ण चाडवाडका लागि बेला समेत यहाँका फेदाप र आठराई गाउँपालिकाका बासिन्दाले गाडी चढेर यात्रा गर्न नपाउने भएका हुन् । दुवै खोलामा पानीको चाप घटेको छैन । वर्षाले बिग्रिएको सडक बनाउन समेत नपाइएकाले दशैँ अगाडि सडक खुलाउन नसकिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङलेब बताउनुभयो ।

वि.स. २०६८ साल तिरै यो सडक निर्माण भएपनि अहिलेसम्म पुल निर्माण भएको छैन । सडक अवरुद्ध हुँदा आठराई र फेदापका बासिन्दा सदरमुकामका सरकारी कार्यालयको सेवा सुविधा लिन दुई दिनसम्म पैदल हिडेर आउन बाध्य छन् । खोलामा पुल नहुँदा फेदाप गाउँपालिकाका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु र ईसिवु तथा आठराई गाउँपालिकाका खाम्लालुङ, सक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु गाउँसँगको सडक सम्पर्क टुटेको छ ।

जिल्लाका अन्य एक दर्जन बढी अत्यावश्यक सडकहरु समेत वर्षापछि मर्मत र पुल नभएकै कारण सवारी सन्चालन हुन सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.