Websoft University

दुवै मृगौला फेल भएका पुष्प खत्रीले उपचारका लागि सहयोग माग्दै


बिराटनगर, मङ्सिर ११ गते ।
संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् । आर्थिक अवस्था दयनीय रहेका खत्रीले  जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन्। अस्पतालले  उनको  दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँधमा रहेका छन् उनलाई बिगत ४ महिना देखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल उपचार गर्दै तर आर्थिक अवस्था कम्जोर रहेकोले भएको पैसा सकिए पछि घर फिर्ता गरेको भाई मिलन खत्रीले जानकारी दिए।

मृगौलाकै कारण बुबाको  मृत्यु भईसकेको र आमाको पनि  सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले  सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको  उपचारमा  अहिले सम्म ५ लाख खर्च भई सकेको छ। उनी संग  २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ ।  प्रति महिना २० हजार देखि ३० हजार  सम्म खर्च लाग्ने गर्दछ।

डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको  उपचारमा आर्थिक  समस्या भई रहेको छ। ‘बाँच्छु जस्तो लाग्छ, उपचार राम्रोसँग गर्न पाए’, पुष्प  भन्छन्, ‘बुबा आमा पनि बितिसक्नु भयो, मैले बाँच्नु छ, मलाई सबैजना भएर बचाउनुहोस् ।’ किरणको उपचारमा सहयोग गर्न ९८४२२१५१३६  र ९८६२०६६९३९ मा सम्पर्क गर्न सकिनेछ । साथै, आर्थिक सहयोगका लागि Rastriya Banijya Bank को खाता नम्बर २०३००११३७७१० मा रकम जम्मा गर्न सकिनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.