Websoft University

कोरियाको सीप परीक्षणमा ६ हजार सात सय उत्तीर्ण



काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम,दक्षिण कोरियाको सीप परीक्षणमा ६ हजार सात सय ७३ जना नेपाली उत्तीर्ण भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो । सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार तीन सय ५६ जना सहभागि भएका थिए । जसमा १२ हजार १० जना भाषा उर्तिण भएका थिए । भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्ने
छ । कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन । कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरिएको हो । कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.