काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम,मुगुको सोरुगाउँपालिका वडा नं ५ जिमामा रहेको सोरु तातोपानी पर्यटकको पखाईमा छ । सोरु गाउँपालिकाको प्रमुख पर्यटकिय स्थलका रुपमा सोरु तातोपानीलाई लिने गरीएको भएपनी प्रचारप्रसारको अभावमा सोरु तातोपानी ओझलमा परेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णाली प्रदेशमा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थान स्नान गर्ने पर्ने पर्यटकियस्थल सोरु तातोपानी पनी एक हो । सोरु तातो पानी जुम्ला तातो पानी भन्दा राम्रो भएको जानका बताउछन् । सोरु तातोपानीमा स्नान गर्न र रोग बिराम हटाउन जिल्ला बाहिरका पनी आउने गरेका स्थानीयको गोमा गिरिको भनाइ छ । सोरु तातोपानीमा स्नान गरे बिभिन्न किसिमका रोग जस्तै बाथ रोग, चिलाउने, पेट सम्बन्धिका रोग निको हुने जनविश्वास छ । सामान्य बिरामी शरिर दुख्ने, टाउको दुख्ने शरिरका गाँठा गुठी दुख्ने बिराम लागे तातोपानीमा जाने गरेका अर्का स्थानीय कमल परियारले बताउनुभयो
Post a Comment