काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको पाँचौ अधिबेशन आजबाट सुरु भएको छ । प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको हैसियतमा, राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आव्हान सम्बन्धि पठाएको पत्र पढेर सुनाउनुभयो । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् पुर्नगठन सम्बन्धि पत्रको व्यहोरा पनि सभामुख तुम्बाहाम्फेले पढेर सुनाउनुभयो । संसद बैठकले पुर्व सांसद हरि बैरागी दाहाल, कमला कुमारी घिमिरे, रामलखन महतो तथा रामेश्नर ढुङ्गेलको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुष ११ गते बस्ने छ । पुष ११ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाइने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकले यस्तो निर्णय गरको हो । अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति यसअघि नै भएको छ । यस्तै राष्ट्रियसभाको हिउँदे अधिबेशन पनि आजबाटै सुरु भएको छ । राष्ट्रियसभाको बैठक भने पुष ७ गते बस्ने छ ।
Post a Comment