काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७ सय ३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १ सय ८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८ सय ६४ जना विद्यार्थी दीक्षित भएका छन् । यस्तै कानुनमा १ सय ८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १ सय ३२, र शिक्षामा ७ सय ७१ जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् । यस्तै विद्यावारिधिमा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् । त्रिविले विभिन्न संकायमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ । यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भएपनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।
४५ औं दीक्षान्त समारोहबाट त्रिविका १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए

Post a Comment