काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम,पुष ३ गते, बिहीबार दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको संयुक्त टोलीले संघीय सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडज्यू समक्ष अलग अलग भेटमा प्रदेश नम्बर १ का निजी क्षेत्रका उद्योग व्यवसायले भोगिरहेका समस्याहरु बारे अवगत गराउदै ज्ञापन पत्र बुझाएको थियो ।
उक्त भेटमा अर्थमन्त्रीज्यूले क्रस बोर्डन इकोनोमी जोन बनाउने र यसले गर्दा ग्लोबल मार्केटमा ठुलो परिवर्तन आउने देखिन्छ र साथै ँम्क्ष् का विषयमा सरकार सकारात्मक रहेको समेत भेटमा जानकारी गराउनु भयो ।
साथै, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टज्यूले आगामी दिनमा औद्योगिकरण गर्दै लैजाने र उद्योग व्यवसायमा देखिएका समस्याहरुलाई क्रमिक रुपमा समाधानका तर्फ सरकारले पहल गर्ने जानकारी गराउनु भयो ।
Post a Comment