गायन तथा नृत्य प्रतिष्पर्धा सहितको ‘पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३’ को उपाधीका लागि बेलबारीकी सुदिक्षा भट्टराई पनि प्रतिष्पर्धामा रहनुभएको छ । टिन्ज क्य्रु डान्स सेन्टर धनकुटा र नेपालेली भाषा तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजना भैरहेको प्रतियोगिताको यहि पुष ५ गते हुने ‘ग्राण्ड फिनाले’ बाट टाइटल विजेताको टुंगो लाग्ने छ । फाइनलका लागि अहिले भोटिङ चलीरहेको छ ।
बेलबारीकी सुदिक्षाले पनि आफुलाई भोट दिएर टाइटल जित्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभएको छ । सुदिक्षा गायन तर्फको प्रतिष्पर्धामा रहनुभएको छ । सुदिक्षालाई भोट गर्नका लागी आफ्नो मोबाइलको म्यासेज बक्समा गई PGT S8 टाइप गरी 34343 मा म्यासेज पठाउनुपर्ने हुन्छ । जुनसुकै मोबाइल नम्बरबाट चाहेअनुसार जति पनि भोट गर्न सकिने आयोजक सुदिक्षाले बताउनुभएको छ । सुदिक्षा सुरसप्तक बेलबारी आइडलमा पनि उत्कृष्ट १० मा पर्नुभएको थियो । सुदिक्षालाई बिजयी बनाउन ‘पूर्वको शान, सूदीक्षा जिताऔँ हाम्रो अभियान’ पनि सञ्चालन गरिएको छ । फाइनलको दिन पुष ५ गते विजेता घोषणा हुने अन्तिम समयसम्म भोटिङ खुल्ला रहने ‘पुर्वाञ्चल गट ट्यालेन्ट’ का कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनुभएको छ ।
गायन र नृत्य दुवैतर्फका विजेताले छुट्टाछुट्टै टाइटल जित्ने छन् । टाइटल बिजेताले रु १ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । फाइनलिस्ट मध्ये लक्की १ जनालाई सिङगापुर टुर समेत रहेको छ । प्रदेश १ का विभिन्न जिल्लाबाट प्रतिष्पर्धीहरु सहभागी रहेको यो प्रतियोगिताको अडिसन गत असारबाट सुरु भएको थियो । फाइनल धनकुटाको टुँडीखेलमा आयोजना हुनेछ । गायन तर्फबो निर्णायकमा गायिका कुन्ती मोक्तान, गायक असोक मुकारुङ निर्णायक रहनुहुनेछ ।
Post a Comment