विराटनगर । रातो तर कम,प्याब्सन मोरङको आयाजनामा ११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा विहिबारदेखि सुरु भएको छ।आज प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गर्दै प्याब्सन स्पोर्ट्स मिटको औपचारिक रुपमा सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि समावेश गरिएको छ । छात्र र छात्र दुवै तर्फ भलिबल कप हुनेछ । १ सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि जनाएका प्याब्सन मोरङका सचिब प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
स्पोर्ट्स मिटमा १ सयदेखि १५ सय मिटरसम्म दौड, रिले, लङ्गजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्याबलिङ्ग थ्रोलगायतको खेलहरू समावेश गरिएको छ विहिबार ३ वटा इभेन्स्को नतिजा आएको छ । ज्याभ्ङि थ्रो छात्रातर्फ पूर्वाञ्चल एकाडेमि सुन्दर हरैचाकी सरिता तामाङले स्वर्ण,मुनाल आदर्श रतुवा माइकी सुजता ताजपुरीयाले रजत र स्मृती स्कूल वुढीगंगाकी रेणुका चौधरी कास्य पदक जितेकी छिन् ।
त्यस्तै लङ्गजम्प छात्रातर्फ सुन्दर हरैचा बालसदनकी कञ्चन कार्कीले स्वर्ण, ग्रामथान जनक स्कूलकी स्वेच्छा माझीले रजत तथा ग्रामथानकै अंकीताकुमारी माझीले कास्य जितेकी छिन् भने छात्रतर्फ यूनिक एकाडेमीका सागर माझीले स्वर्ण, लब्ली एन्जलका धिरज माझीले रजत र दुलारी स्कूलका सुसिल खडकाले कास्य पदक जितेका छनु ।
विहिबारै भलिबलको पहिलो चरणको खेल र १ सयदेखि ८ सय मिटरको छात्र तथा छात्राको हिट समापन भएको छ । गर्नेछन् । विराटनगरमा पत्रकार सम्मेलन गरि पुस ३ देखि ५ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरु हुने जानकारी गराएको हो ।प्रतियोगिताको प्याब्सन स्पोर्ट्स मिट सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
Post a Comment