बिराटनगर पुस ३ गते । रातो तारा डट कम,नेपाल पसुपन्छी औषधि व्यावसायी संघको १२ औं महाधिवेशन भोलि बिराटनगरमा हुने भएकोछ । प्रदेश नम्वर १ का अध्यक्ष ऋषि वचन यादवले यो संस्था पसुपन्छि पोल्ट्री संग आवद्घ रहेको बताउनु हुदै, अधिवेशन भोलि ४ गते उदघाटन सत्र र ५ गते बन्द सत्र रहने गरी कार्याक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
संघका महासचिव यज्ञराज ढकालले जानकारी दिनु हुदै भोलि हुने उदघाटन सत्रको प्रमुख अतिथि प्रदेश नम्वर १ का सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरे रहुनेछ र सातै प्रदेशबाट अधिवेशनमा भागलिन करिव ५ सयको हारा हारीमा अतिथि बिराटनगर आइपुग्ने समेत जानकारी गराउनु भएकोछ ।
अहिले सरकारले पसुपन्छि संम्वन्धि औधिका बारेमा कानुन नहुदा मानव स्वास्थ्य संम्वन्धि कानुनहरुलाई नै आधार मानेर काम गरिरहनु परेकाले अलि अफ्टयारो भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यो १२ औं अधिवेशनबा नयाँ कार्यसमिति समेत चैन हुने बताउनु भएकोछ ।
Post a Comment