Websoft University

धान उत्पादनमा कमी आयो


काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम, तनहँुमा यस वर्ष धान उत्पादन कम भएको छ । यस वर्ष रोपाईको बेला पानी नपरेको कारणले मलको अभावले धान उत्पदान कम भएको कृषकहरुको गुनासो छ । भिमाद १ किँहुका तुलसी सिग्देलले यस वर्ष मल नपाएको कारण धान उत्पदान आधा घटेको बताउनुभयो । कृषि ज्ञान  तनहँु दमौलीले दिएको तथ्याङक अनुसार यस वर्ष तनहँु जिल्लामा १ दशमलब ८८ अंकले धान उत्पदानमा कमी आएको छ । यस वर्ष १८ हजार ६ सय ५० क्षेत्रफल हेक्टरमा ६२ हजार पाँच सय ३३ मेट्रिकटन धान उत्पादन भएको छ । त्यस्तै गत वर्ष १८ हजार ९ सय ७७ क्षेत्रफल मेट्रिकटन ६३ हजार सात सय ३५ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको यस वर्षको तुलनामा एक हजार दुई सय दूई मेट्रिकटन धान उत्पादन कमी आएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले समयमा नै रोपाई नभएको कारण धान उत्पादनमा कमी आएको बताउनुभयो ।  विगतको भन्दा पनि अहिले रोपाई गर्ने जमिनहरु घट्दै गएकाले धान उत्पादनमा कमी आएको ज्ञान केन्द्रको अनुमान छ ।  यस वर्ष रासायनिक मलको कमि र वर्षात कम भएको मुख्य कारण धान उत्पादनमा कमी आएको हो । वर्षातको कारण मुख्य मानियता पनि सरकारले समयमा नै रासायनिक मल प्रदान गरेको भए धान उत्पादनमा वृद्धि हुने अनुमान गर्न सकिन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.