काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम,धनकुटा–१ हिलेमा धनकुटा गोल्डकप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । हिले फुटवल क्लवले आज पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २६ देखि ३० गते सम्म धनकुटा गोल्डकप प्रतियोगिता हुने जनाएकोहोे । स्थानीय हिले खेल मैदानमा हुने प्रतियोगितामा पूर्वका विभिन्न ८ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । गोल्ड कपमा आयोजकको हिले फुटवल क्लव सहित, नेपाली आर्मीको वरख गण, धरान फुटवल फेन्ड क्लव, युनाइटेड युथ क्लव इलाम, दुहवी फुटवल क्लव सुनसरी, युस फुटवल क्लव मोरङ, इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्पोटिङ क्वल झापा सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित गोल्डकप ट्रफी र उपविजेताले नगद ५० हजार रुपैया पुरस्कार पाउने छ । प्रयोगिता संचालन गर्न करिव १४ लाख रुपैया वजेट विनियोजन गरिएको क्लव अध्यक्ष राजु तामाङले बताउनुभयो । धनकुटाका स्थानीय तहले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र यो गोल्डकपले समग्र धनकुटाको खेल पर्यटनमा सहयोग पुग्ने आयोजक समितिका वरिष्ठ सल्लाहकार गौरव कार्कीले बताउनुभयो ।
Post a Comment