Websoft University

खाद्य पदार्थ र पिउने पानीमा न्यून गुणस्तर भेटियो–उपभोक्ताहरु पनि होसियार रहनु पर्यो


काठमाण्डौ मंसिर ३० गते । रातो तारा डट कम,बजार निरीक्षण तथा अनुगमन गर्दा पिउने पानी तथा खाद्य पदार्थमा न्यून गुणस्तर भेटिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को प्रथम चौमासिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायत त्यस मातहतका कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । 

विभाग तथा मातहतका कार्यालयबाट बजार निरीक्षणका क्रममा पिउने पानी तथा खाद्य पदार्थका नौ सय २५ वटा संकलित नमुनाबाट चार सय ६४ वटा नमुनाको विश्लेषण परीक्षण प्रतिवेदन निकालिएको छ । प्रतिवेदनअनुसार ६१ वटा नमुना मापदण्डअनुसार नपाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

मापदण्डअनुसार नपाइएका नमुनामध्ये २९ वटा दूषित, २४ वटा न्यून गुणस्तर तथा आठ वटा खाद्य ऐन नियमको प्रावधान विपरीत भएको पाइएको विभागका महानिर्देशक डाक्टर मतिना जोशीले बताउनुभयो । खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालयमा आठ मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

विभागका अनुसार सबैभन्दा बढी प्रशोधित पिउने पानीका तथा दालमोठ, भूजिया, तयारी चाउचाउ, मिठाई, खुर्सानीको धुलोजस्ता पदार्थका मुद्दा रहेको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा ऐन, नियमावली तथा निर्देशिका विपरित उत्पादन गरेका २२ उद्योग एवं खाद्य व्यवसायीलाई उत्पादन रोक्का तथा सिलबन्दीका साथै नमूना संकलन गरी विभागले कारबाही प्रकृया अगाडि बढाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.