Websoft University

सोलुमा हिमपात हुन थाल्यो–त्याहाको जनजीवन कष्टकर बन्दै,


काठमाण्डौ मंसिर ३० गते । रातो तारा डट कम,हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेग खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको छ । केहिदिन देखिको निरन्तरको हिमपातले खुम्बु क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको छ । अत्यधिक मात्रामा हिमपात भएपछि खुम्बु क्षेत्रका मानिस घर बाहिरको काममा निस्कन पाएकाछैनन् ।

चिसोका कारण पिउने पानी धारामै जमेको छ । हिमपातका कारण, खुम्बुको माथिल्लो क्षेत्र खुम्बुजुङ, थामे, नाम्चे, फाक्दिङ, गुमेला, जोरसल्ले लगायतको क्षेत्र नराम्ररी प्रभावित बनेको छ । यस पटक करिब १० बर्ष पछिको सबै भन्दा ठुलो हिमपात भएको स्थानिय बताउँछन् । पैदलमार्गहरु बन्द हुदाँ पर्यटक तथा बटुवाहरु समेत अलपत्र परेका छन् । हिमपातसँगै नाम्चेको तापक्रम माईनस १० डिग्रि सेलसियससम्म पुगेको छ । 

चिसोले वृद्धवृद्धा, बालबालिका र विरामीलाई बढि प्रभावित पारेको छ । बाक्लो हिउँका कारण पशुचौपायहरु समेत प्रभावित बनेका छन् । उच्च हिमाली क्षेत्रमा पाईने चौरी, नाक, जोक्पे जस्ता घरपालुवा पशुचौपायलाई आफ्नो आहारा खोज्न मुस्किल परेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.