मदनकृष्ण सिलवाल, काठमाडौँ । रातो तारा डट कम, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटीमा अवस्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाह्रौँ साधारण सभा मंङ्सिर २८ गते शनिवार शहीद स्मृति पार्क(जगडोल डाँडा)मा सम्पन्न भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष दुर्गादेवी मैनालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम साधारणसभाको वरिष्ठ लेखापरीक्षक हेमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा चलचित्र निर्देशक यादवकुमार भट्टराई, बीपी संग्राहय, सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेल, राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघका निवर्तमान अध्यक्ष वेदप्रसाद लावती, लायन्स क्लब अफ डाँफेका चार्टर प्रेसिडेन्ट महेश आचार्य लगायतको आतिथ्यता रहेको थियो । साधारणसभाले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिवद्वारा प्रस्तुत भावी योजनालाई साधारणसभाबाट पारित गरिएको थियो । यसैबीच, ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले बुद्धिष्ट बालगृहमा रहेका बालबालिकाहरुसँग वनभोज कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा विभिन्न कलाकार एवं बुदृष्टि बालगृहका बालबालिकाहरुले प्रस्तुत गरेका थिए ।
Post a Comment